+

सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय

२०८२ असार  ८ गते १२:२७ २०८२ असार ८ गते १२:२७
Shares
सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्भावस्थाको समयमा र डेलिभरीपछि महिलाहरूले विभिन्न शारीरिक र मानसिक समस्याहरूको सामना गर्नुपर्छ।
  • पोस्टपार्टम रिकभरीको समयमा विशेष हेरचाह र चिकित्सकको नियमित परामर्श आवश्यक हुन्छ।
  • सही खानपान, आराम र सावधानी अपनाएर छिटो र सुरक्षित रुपमा रिकभरी गर्न सकिन्छ।

गर्भावस्थाको समयमा महिलाहरूले जति समस्याहरूको सामना गर्नुपर्छ, त्योभन्दा धेरै कठिनाइहरू बच्चा जन्माउने बेला वा त्यसपछि झेल्नुपर्ने हुन्छ ।  सुत्केरी पछिको समय तिनीहरूको जीवनको नयाँ सुरुवात मात्र होइन, यो एक यस्तो यात्रा हो, जुन धेरै अनुभवहरू र चुनौतीहरूले भरिएको हुन्छ ।

एकातिर आफ्नो सानो बच्चालाई सम्हाल्नुपर्ने हुन्छ, अर्कोतिर आफ्नो शरीरसँग सम्बन्धित धेरै समस्याहरूको सामना गर्नुपर्छ । ‘पोस्टपार्टम रिकवरी’ को समयमा महिलाहरूलाई विशेष हेरचाहको आवश्यकता हुन्छ, ता कि उनीहरू छिट्टै निको हुन सकुन् र आफ्नो सामान्य जीवनमा फर्कन सकुन् ।

पोस्टपार्टम रिकवरीको समय रेखा कस्तो हुन्छ र यसमा कति समय लाग्छ ? यस समयमा, छिटो निको हुनको लागि के के कुरामा ध्यान दिनुपर्छ ?

पोस्टपार्टम रिकवरी समय रेखा

डेलिभरी नर्मल होस् वा सिजरियन पोस्टपार्टमको सुरुवाती ६ हप्तालाई रिकवरी अवधि मानिन्छ । यदि डेलिभरी कुनै जटिलता बिना भएको भए पनि रिकवरीका लागि समय दिनु आवश्यक हुन्छ । यसलाई पोस्टपार्टम रिकवरी भनिन्छ । गर्भावस्थाको अवधिमा शरीरले धेरै प्रकारका तनाव र असहजताको सामना गर्छ, त्यसैले यसलाई रिकवरीको आवश्यकता पर्छ ।

हरेक महिला फरक हुन्छन्, त्यसैले प्रत्येक महिलाको रिकवरी समय र पोस्टपार्टम लक्षणहरू पनि फरक हुन्छन् ।  केही लक्षणहरू एक हप्ताभित्रै ठिक हुन्छन् भने स्तनको मुन्टा दुख्ने, ‘पेरिनियल’ अर्थात् यौनाङ्ग क्षेत्र दुख्ने र ढाड दुख्ने जस्ता लक्षणहरू ठिक हुन धेरै हप्ता लाग्न सक्छ । त्यस्तै दूध चुहिने र ढाड दुख्ने समस्या बच्चा अलि ठूलो नहुन्जेलसम्म रहन सक्छ ।

पोस्टपार्टम रिकवरी समय रेखा र डेलिभरीको प्रकार

यदि डेलिभरी नर्मल भएको छ भने, यौनाङ्ग क्षेत्र ठिक हुन अलि समय लाग्न सक्छ । यदि  यौनाङ्ग ‘पेरिनियल टियर’ च्यातिएको छ  वा ‘एपिसियोटमी’ सर्जिकल कट भएको छ भने, रिकवरीमा ३ हप्तादेखि ६ हप्ता वा त्योभन्दा बढी समय लाग्न सक्छ  ।

यदि सिजेरियन मार्फत डेलिभरी भएको छ भने, डेलिभरीपछि पहिलो ३–४ दिन अस्पतालमा बिताउनुपर्ने हुन्छ ता कि घाउ राम्ररी निको होस् । सामान्य अवस्थामा फर्कन ४ देखि ६ हप्ता लाग्न सक्छ । यौनाङ्ग दुखाइ केही दिनसम्म रहन सक्छ ।

डेलिभरीपछि कति रक्तस्राव हुनु सामान्य ?

बच्चा जन्मेपछिको पोस्टपार्टम रक्तस्राव ६ हप्तासम्म हुन सक्छ । यसमा बाँकी रहेको रगत, पाठेघरको तन्तु र म्युकस हुन्छ ।  रक्तस्राव पहिलो ३ देखि १० दिनसम्म धेरै हुन सक्छ । त्यसपछि यो कम हुँदै जान्छ र रगतको रङ्ग रातोबाट गुलाबी, खैरो र पहेँलो हुँदै जान्छ । यदि रगतमा क्लट देखिन्छ वा प्रत्येक घण्टामा एकभन्दा बढी प्याड प्रयोग गर्नुपर्छ भने, पोस्टपार्टम रक्तस्रावबाट बच्न तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

पोस्टपार्टम रिकवरी प्रक्रियालाई छिटो गर्न के गर्ने ?

१.पेरिनियल यौनाङ्ग निको पार्न

बच्चाको जन्मपछि केही घण्टामा डाक्टरको सल्लाहमा बरफले सेक्न सकिन्छ । पिसाब गर्नुअघि र पछि हल्का मनतातो पानीले छ्याप्ने ।  यसले च्यातिएको छालामा पिसाब गर्दा हुने जलन कम गर्न मद्दत गर्छ ।  केही दिनसम्म ‘सिट्ज बाथ’ लिन सकिन्छ, जसले दुखाइमा राहत दिन्छ । लामो समयसम्म उभिने, बस्ने वा एकैतिर सुत्ने गर्नुहुँदैन । पलेँटी मारेर बस्नुहुँदैन ।

२. शल्यक्रियाको घाउको हेरचाह

पोस्टपार्टम रिकवरीलाई गति दिन सिजेरियनपछि हुने टाँकाको हेरचाह गर्नु आवश्यक हुन्छ । घाउलाई डाक्टरको सल्लाहमा ड्रेसिङ गराउन सकिन्छ । बाहिरी घाउ जाेडिएपछि अथवा टाँका निकालेपछि घाउ सफा गर्ने त्यसपछि सफा तौलियाले पुछ्ने, एन्टिबायोटिक मलहम लगाउने र चिकित्सकसँग घाउ ढाक्ने वा खुला राख्ने बारे सोध्नुपर्छ । प्रभावित क्षेत्रलाई ओसिलो हुनबाट जोगाउनुपर्छ र कठिन व्यायाम गर्नुहुँदैन।

३.दुखाइबाट राहत पाउन

पोस्टपार्टम रिकवरीमा दुखाइबाट राहत प्राप्त गर्नु निकै जरुरी हुन्छ । यदि असह्य दुखाइ छ भने, डाक्टरको सल्लाहमा दुखाइ कम गर्ने औषधि लिनुपर्छ । साथै, तातोपानीले नुहाउने र हिटिङ प्याडको प्रयोग गर्न सकिन्छ । मसाजले पनि पोस्टपार्टम रिकवरीमा मद्दत गर्न सक्छ, तर पहिले चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

४.दिसा नियमित गर्ने

पहिलो पोस्टपार्टमपछि दिसामा समय लाग्न सक्छ, यस्तोमा धेरै बल लगाउन हुँदैन । दिसा सहज गर्नका लागि धेरै फाइबरयुक्त खाना खाने । तरकारी, फलफूल र गेडागुडी फाइबरका राम्रा स्रोत हुन् । दिसाका लागि धेरै जोड लगाउनु हुँदैन,  किनकि यो पेरिनियल च्यातिने र सी-सेक्सन दागका लागि राम्रो हुँदैन ।  यसले रिकवरीमा ढिलाइ हुन सक्छ ।

५.स्तनको हेरचाह

पोस्टपार्टम रिकवरी राम्रो र छिटो गर्नका लागि स्तनको ध्यान राख्नु पनि जरुरी हुन्छ ।  स्तनमा चिलाउने समस्या हुन्छ भने तातोले सेक्ने, आइस प्याकले सेक्ने वा हल्का मसाज गर्नुपर्छ । आरामदायी ब्रा लगाउनुपर्छ । स्तनको मुन्टो फुट्ने समस्याबाट बच्न वा रोक्न लेनोलिन क्रिम प्रयोग गर्न सकिन्छ ।

६.नियमित जाँच

डेलिभरीपछि पनि नियमित जाँच गराउनु आवश्यक छ, किनकि यसले पोस्टपार्टम रिकवरी अपेक्षित रूपमा भइरहेको छ कि छैन भनेर सुनिश्चित गर्न मद्दत गर्छ । चिकित्सकले भावनात्मक रूपमा पनि सहयोग गर्न सक्छन् र नयाँ आमा बन्दा कुन कुरामा ध्यान दिने भनेर सुझाव दिन सक्छन् ।

यदि सिजेरियन गरिएको छ भने, टाँका हटाउन पनि चिकित्सकको सहयोग लिनुपर्‍यो किनकि धेरै समयसम्म टाँकालाई त्यसै छोड्दा दाग बस्न सक्छ । यदि ज्वरो, दुखाइ वा घाउ वरपरको समस्या जस्ता लक्षणहरूले सताउँछन् भने तुरुन्त अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ ।

७.स्वस्थ खाना

एकै पटक धेरै खाना खानु भन्दा गर्भावस्थामा जस्तै दिनमा ५ पटक तर थोरै थोरै खाना खाने लक्ष्य राख्नुपर्छ ।  डेलिभरी पछि पायल्स रोक्न जटिल कार्बोहाइड्रेट, प्रोटिन र फाइबको पर्याप्त सेवन गर्नुपर्छ । दैनिक कम्तीमा ८ गिलास पानी पिउनुपर्छ भने रक्सी र क्याफिनबाट टाढा रहने प्रयास गर्नुपर्छ ।  किनकि रक्सी र क्याफिनले मुडलाई प्रभावित गरेर निद्रामा बाधा पुर्‍याउन सक्छन् ।

सुत्केरी
डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको  बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय

सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय

गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय

उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय

गर्भावस्थाको आठौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको आठौं महिना, के गर्ने, के नगर्ने ?

आफ्नै देशमा पराई : एक डाक्टरको आत्मकथा

आफ्नै देशमा पराई : एक डाक्टरको आत्मकथा

अस्पतालको दरबन्दीमा व्यवस्थापकीय जनशक्तिलाई बेवास्ता गरिएको गुनासो

अस्पतालको दरबन्दीमा व्यवस्थापकीय जनशक्तिलाई बेवास्ता गरिएको गुनासो