+
+
Shares
संगीत :

नेपाल र भारतका संगीतकर्मीबीच रोयल्टी बाँडफाँटबारे द्विपक्षीय सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भारतका संगीतकर्मीबीच रोयल्टी संकलन र वितरणसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।
  • सम्झौतामा नेपाल र भारतका कलाकारले आफ्ना गीतको बजावटबापत एकअर्कालाई रोयल्टी तिर्ने व्यवस्था गरिएको छ।
  • स्मार्ट सम्झौताले क्षेत्रीय स्तरमा कलाकारको अधिकार र न्यायको सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ।

काठमाडौँ । संगीत रोयल्टी संकलन तथा वितरणबारे नेपाल र भारतका संगीतकर्मीबीच द्विपक्षीय सम्झौता भएको छ ।

यसैसाता जापानमा आयोजित कार्यक्रममा नेपालको ‘पर्फमर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इण्डियन सिंगर्स एण्ड म्युजिसियन राइट्स एसोसिएसन’बीच लिखित सम्झौता भएको हो ।

सम्झौतामा नेपाल तर्फबाट चर्चित र्‍यापर समेत रहेका संस्थाका उपाध्यक्ष निर्णय एनएसके र भारततर्फबाट एसोसिएसनका संस्थापक सञ्जय टन्डनले हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपालमा भारतीय कलाकारको गीत सार्वजनिक थलोमा बजेबापत भारतीय कलाकारलाई रोयल्टी तिर्नुपर्नेछ । होटल, रेस्टुरेन्ट, रेडियो, यातायात, बनभोज लगायतका थलोमा संगीत बजेबापत रोयल्टी रकम तिर्नुपर्नेछ ।

भारतमा नेपाली कलाकारको गीत बज्दा भारतले पनि नेपाललाई रोयल्टी बुझाउनुपर्नेछ । टन्डनले सम्झौतालाई कलाकारको अधिकारको लागि क्षेत्रीय ऐक्यबद्धतातर्फको एक शक्तिशाली कदमको रूपमा प्रशंसा गरे ।

‘यो एउटा सम्झौताभन्दा बढी हो । यो सीमा नाघेको आवाज भएका हरेक कलाकारको लागि मर्यादा र न्यायको प्रतिज्ञा हो,“ उनले भने, ‘भारत र नेपालले सधैं धुन साझा गरेका छन् । अब हामी जिम्मेवारी पनि साझा गर्छौं ।’

यो सम्झौताले भारतीय र नेपाली गायकलाई एकअर्काको देशमा रहेका संयन्त्रमार्फत रोयल्टी सङ्कलन गर्न बाटो खोल्ने अपेक्षा गरिएको छ, जसले दक्षिण एसियाभरि भविष्यको सहयोगको लागि उदाहरण स्थापित गर्नेछ ।

सो अवसरमा ‘एससीएपीआर’का प्रबन्ध निर्देशक रेमी डेस्रोसिएर्ससँगै विभिन्न एसियाली मुलुकबाट सहभागी कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेसन (सीएमओ)का का प्रतिनिधि थिए ।

उपाध्यक्ष निर्णय एनएसकेले पर्फर्मर्स सोसाइटी अफ नेपालले जापान, थाइल्याण्ड, मलेसियम र फिलिपिन्सका सीएमओसँग पनि यस्तै द्विपक्षीय सम्झौता भएको बताए ।

सीएमओमार्फत ती मुलुकका संस्थाले संगीतकर्मी र सर्जकको पेशागत हितको अधिकारमा वकालत र व्यवस्थापन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?