News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा क्लब विश्वकप अन्तर्गत समूह डीको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लामेंगोसँग ३–१ को हार बेहोरेको छ।
- फ्लामेंगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेको हो, जसमा ब्रुनो हेनरिक, ड्यानिली र वलेस यानले गोल गरे।
- चेल्सीका निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो र समूहमा फ्लामेंगोलाई दोस्रो स्थानमा पुर्याएको छ।
७ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह डीको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलियन क्लब फ्लामेंगोसँग ३–१ को हार बेहोरेको छ।
चेल्सीका लागि पेड्रो नेटोले १३औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा फ्लामेंगोले उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेको हो ।
६२औं मिनेटमा ब्रुनो हेनरिकले बराबरी गोल गरे भने ६५औं मिनेटमा ड्यानिलाले कार्नरबाट आएको बलमा गोल गर्दै फ्लामेंगोलाई २–१ को अग्रतामा ल्याए ।
६९औं मिनेटमा चेल्सीका निकोलस ज्याक्सनले आयर्टन लुकासमाथि गरेको खराब ट्याकलका कारण रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।
८३औं मिनेटमा वालेस यानले गोल गर्दै फ्लामेंगोलाई ३–१ को जित दिलाए । योसँगै समूह डी मा फ्लामेंगोको २ खेलमा ६ अंक भएको छ ।
यही समूहको अर्को खेलमा एसपेरेन्सले लस एन्जलसलाई १-० ले हराएको छ । चेल्सी र एसपेरेन्सको २ खेलमा समान ३ अंक भएको छ । लस एनजलस एफसी अंकविहीन छ ।
प्रतिक्रिया 4