
७ असार, काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको छ ।
प्रदेश कमिटीको चौथो पूर्ण बैठकले प्रदेश, जिल्ला र पालिका तहका नेताहरूका निम्ति जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको हो ।
‘हरेक तीन महिनामा दुई हप्ता जनता सँगै बिताउने निर्णय गरेका छौं,’ प्रदेश उपसचिव भक्तकुमारी लामाले भनिन्, ‘प्रदेश कमिटीका नेताहरू, जिल्ला नेताहरु र पालिका पदाधिकारीहरुले अनिवार्य रुपले यो निर्णय मान्नुपर्नेछ ।’
अभियानका क्रममा जनताका समस्या बुझ्ने, उनीहरूको सुझाव सुन्ने र समस्याहरु समाधानको पहल गरिने लामाले बताइन् ।
‘जनताको सुख–दु:ख के रहेछ भन्ने बुझ्न त उनीहरूसँगै बस्नुपर्छ, हिँड्नुपर्छ । उनीहरूका कुरा सुन्नुपर्छ,’ उनी भन्छिन्, ‘एमालेलाई जनतासँग जोड्ने यही विधि हो, जुन हामीले अगाडि बढाएका छौं ।’
नेताहरूले यो अभियानका क्रममा रोजेकै क्षेत्रमा जान पाउनेछन् । ‘हरेक तीन महिनामा दुई हप्ता जनताको घरदैलो अभियानमा जानैपर्छ, तर रोजेको क्षेत्रमा जान पाइन्छ’, उनले भनिन् ।
बैठकले समसामयिक ९ बुँदे प्रस्तावहरू पनि पारित गरेको छ ।
प्रतिक्रिया 4