+
फिफा क्लब विश्वकप :

सात गोल भएको खेलमा डर्टमुन्डले सनडाउन्सलाई हरायो

२०८२ असार  ८ गते ७:५१ २०८२ असार ८ गते ७:५१
सात गोल भएको खेलमा डर्टमुन्डले सनडाउन्सलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा क्लब विश्वकप समूह एफ को खेलमा डोर्टमुन्डले सन्डाउन्सलाई ४–३ ले पराजित गर्‍यो।
  • फ्लुमिनेन्सले उल्सानमाथि ४–२ को पुनरागमन जित हासिल गर्‍यो र समूह एफ मा दोस्रो स्थानमा छ।
  • उल्लेखित खेल परिणामहरू अनुसार डोर्टमुन्ड र फ्लुमिनेन्सले समान ४ अंक प्राप्त गरेका छन्।

८ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह एफ को खेलमा जर्मन क्लब बोरुसिया डोर्टमुन्डले मामेलोडी सन्डाउन्सलाई ४–३ ले पराजित गरेको छ ।

खेलको ११औं मिनेटमा लुकास रिबेइरो कोष्टाले सन्डाउन्सलाई अग्रता दिलाएको भएपनि त्यसपछि डोर्टमुन्डले त्यसपछि तीन गोल फर्काउँदै खेलमा पकड जमायो ।

फेलिक्स नेमेकाले १६औं मिनेटमा बराबरी गोल गरे भने ३४औं मिनेटमा सेरहु गुइरासीले अग्रतामा ल्यए । युवा खेलाडी जोब बेलिङघामले ४५औं मिनेटमा डेब्यूमै गोल गर्दै पहिलो हाफको अन्त्यमा नै डोर्टमुन्डलाई ३–१ को स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा ५९औं मिनेटमा खुलिसो मुदाउको आत्मघाती गोलले डोर्टमुन्डको अग्रता थप बलियो बनायो। यद्यपी सन्डाउन्सले पनि हिम्मत हारेन, इक्राम रेयर्सले ६२औं मिनेटमा र लेबो मोथिबाले ९०औं मिनेटमा गोल गर्दै खेललाई ४–३ बनाए । त्यसपछि भने गोल भएन र डर्टमुन्ड ४-३ ले विजयी भयो ।

यसै समूहको अर्को खेलमा फ्लुमिनेन्सले उल्सानमाथि ४–२ को पुनरागमन जित निकालेको छ ।

ब्राजिलियन क्लब फ्लुमिनेन्सले २-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको हो । पहिलो हाफमा जोन आरियासले २७औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै फ्लुमिनेन्सलाई अग्रता दिलाए ।

त्यसपछि उल्सानले ३७औं मिनेटमा ली जिन-ह्युन र पहिलो हाफको इन्जुरी समयमा उम वोन-साङमार्फत दुई गोल गर्दै २–१ को अग्रता बनायो ।

तर दोस्रो हाफमा फ्लुमिनेन्सले पुनरागमन गर्दै ६६औं मिनेटमा नोनेटोको गोलमार्फत खेल बराबरीमा ल्यायो। त्यसपछि ८३औं मिनेटमा जुआन पाब्लो फ्रेइटेसले गोल गर्दै फ्लुमिनेन्सलाई अग्रतामा ल्याए भने ९०+२ मिनेटमा केनोको हेडर गोलले ४-२ को जित सुनिश्चित गर्‍यो ।

यी नतिजापछि समूह एफमा फ्लुमिनेन्स र डर्टमुन्डले दुई खेलबाट समान ४ अंक जोडेको छ । गोल अन्तरका आधारमा फ्लुमिनेन्स पहिलो र डर्टमुन्ड दोस्रो स्थानमा छ ।

मामेलोडीको ३ अंक छ र तेस्रो स्थानमा छ । उल्सान अंकविहीन छ र प्रतियोगिताबाट बाहिरिएको छ ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय