+

विपिन र सचिनको उत्कृष्ट बलिङमा सिंगापुर १३८ रनमा अलआउट

२०८२ असार  ८ गते १०:२६ २०८२ असार ८ गते १०:२६
विपिन र सचिनको उत्कृष्ट बलिङमा सिंगापुर १३८ रनमा अलआउट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी मेन्स यू१६ इस्ट जोन कपको पहिलो खेलमा सिंगापुरले नेपाललाई १३९ रनको लक्ष्य दिएको छ ।
  • सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनायो, जसमा कप्तान रियान नइकले ५३ रन बनाए ।
  • नेपालका विपिन प्रसाद शर्माले ४ र सचिन भट्टले ३ विकेट लिए ।

८ असार, काठमाडौं । एसीसी मेन्स यू१६ इस्ट जोन कपमा नेपालले आफ्नो पहिलो खेल जित्न सिंगापुरबाट १३९ रनको लक्ष्य पाएको छ । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भयो ।

विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।

एसीसी यू१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय