
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रभु बैंक लिमिटेडले कास्की पोखराको बेगनास लेक फ्रन्ट रेस्टुरेन्टसँग सम्झौता गरेको छ।
- सम्झौतामा बैंकका ग्राहक र कर्मचारीलाई १० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो।
- उक्त छुटले ग्राहक र कर्मचारीले रेस्टुरेन्टको खाना, आवास र रमणीय दृश्यको लाभ लिन सक्नेछन्।
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले कास्की पोखराको बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।
पोखरा महानगरपालिका–३१ बेगनासतालस्थित बेगनास लेक फ्रन्ट रेस्टुरेन्ट र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उक्त रेस्टुरेन्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बेगनास लेक फ्रन्ट रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकले बेगनासतालको रमणीय दृश्यावलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने छन् ।
प्रतिक्रिया 4