+
+
Shares

शिक्षक-सरकार सहमति : संसद्‍मा विधेयक पेस गर्ने समयसीमा नजिकियो, के छ तयारी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते २०:४०
विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालय शिक्षा विधेयक १५ असारभित्र संसद्‍मा पेस गर्न तयारी भइरहेको छ।
  • समिति सभापति अम्मरबहादुर थापले सोमबार बैठकको सूचना दिने बताए।
  • विवादित विषयहरूमा परामर्श समन्वय उपसमितिले गृहकार्य गरिरहेको छ।

८ असार, काठमाडौं । शिक्षक महासंघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक संसद्‍मा पेस गर्ने समय एक साता मात्र बाँकी छ ।

१५ असारभित्र विधेयक पेस गर्ने डेटलाइन छ तर प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न सकेको छैन ।

समिति सभापति अम्मरबहादुर थाप भोलि सोमबार बैठकबारे सूचना आउने बताउँछन् ।

‘भोलि एउटा सूचना आउँछ,’ उनले भने । यद्यपि शिक्षा समितिका अनुसार विधेयक १५ असारभित्र नै संसद्‍मा पेस गर्नेगरी काम भइरहेको छ ।

विधेयकको विवादित विषयमा परामर्श समन्वय उपसमितिले गृहकार्य गरिरहेको छ । सोमबारसम्म उपसमितिले टुंगो लगाएर समितिको बैठक बोलाउने तयारी छ ।

‘सभापतिको अध्यक्षतामा उपसमितिको बैठक बस्छ । १५ असारभित्र नै संसद्‍मा पेस गर्नेगरी काम भइरहेको छ,’ समितिको एक सदस्यले भने ।

एमाले संसाद एवं यसअघि गठित उपसमितिका संयोजक छविलाल विश्वकर्मालाई पनि विवादित विषयमा सूक्ष्म अध्ययन गर्ने जिम्मा दिइएको छ ।

शिक्षा समितिका अनुसार शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समितिको सचिवालय पनि यसैमा सक्रिया भएर काम गरिरहेको छ ।

‘सबै पक्षबीच छलफल र गृहकार्य भइरहेको छ । उपसमितिले विवादति विषयमा टुंगो लगाएपछि समितिको बैठक बसेर पास गर्ने योजना छ,’ समितिका एक सदस्यले भने ।

निजी विद्यालय गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन, ईसीडी, अस्थायी प्रकृतिका शिक्षकको आन्तरिक ६० र खुला ४० प्रतिशत, एसईई, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण लगायतका विषय पेचिलो बनेको हो । यी विषयमा परामर्श समन्वय समितिले सहमतिको प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?