+

होरा इस्पोर्ट्स पब्जी मोबाइलको वर्ल्डकपमा छनोट

२०८२ असार  ८ गते २२:१६ २०८२ असार ८ गते २२:१६
होरा इस्पोर्ट्स पब्जी मोबाइलको वर्ल्डकपमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली ई-स्पोर्ट्स टिम होरा ई-स्पोर्ट्सले साउदी अरेबियामा हुने पब्जी मोबाइल वर्ल्डकपमा छनोट भयो।
  • काजखस्तानमा सम्पन्न पीएमएसएल सिएसए को दोस्रो स्थानमा रहँदै होराले विश्वकपमा स्थान बनाएको हो।
  • पब्जी मोबाइल विश्वकप जुलाई २५ देखि अगष्ट २३ सम्म रियादमा हुनेछ, जसमा नेपालबाट होरा प्रतिनिधित्व गर्नेछ।

८ असार, काठमाडौं । नेपाली पब्जी मोबाइल टिम होरा इस्पोर्ट्स आगामी महिला साउदी अरेबियामा हुने पब्जी मोबाइल वर्ल्ड कप (पीएमडब्लुसी) मा छनोट भएको छ ।

काजखस्तानमा आइतबार सम्पन्न पीएमएसएल सिएसए (सेन्ट्रएल एण्ड साउथ एसिया) को दोस्रो स्थानमा रहँदै होराले पब्जीको विश्वकपमा स्थान बनाएको हो ।

इस्पोर्ट्स विश्वकप आगामी जुलाई ८ देखि अगष्ट २४ सम्म साउदीको रियादमा हुँदैछ । जहाँ पब्जी मोबाइलको विश्वकप जुलाई २५ देखि अगष्ट २३ सम्म हुनेछ । त्यसमा नेपालबाट होरा इस्पोर्ट्सले प्रतिनिधित्व गर्नेछ ।

काजखस्तानमा भएको पीएमएसएस सिएसमा नेपालमा होरासहित डिआरएस गेमिङ र ट्राइम एरोमेसी गरी तीन टिमले सहभागिता जनाएको थियो । पहिलो चरणमा कूल २० टिमले प्रतिस्पर्धा गरेकोमा नेपालको तीन टिमसहित १६ टिम अन्तिम चरणमा प्रवेश गरेको थियो ।

तर नेपालबाट होरा मात्र दोस्रो हुँदै पब्जी मोबाइल विश्वकपमा पुग्न सफल भयो । अन्तिम चरणबाट ३ टिम मात्र विश्वकपमा छनोट हुने प्रावधान थियो । जसमा मंगोलियाको अल्फा गेमिङ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो ।

एपीजीले १७० अंक जोड्यो । दोस्रो भएको होराले १३९ अंक जोड्यो । यस्तै पाकिस्तानको फोरथ्राइभ इस्पोर्ट्स १३७ अंक जोडेर तेस्रो भयो । एपीजी, होरा र फोरथ्राइभ तीन टिम पब्जी मोबाइल विश्वकपमा छनोट भए ।

नेपाली टिम एएसटी दसौं र डिआरएस भने ११औं भयो । एटिएसले ९७ र डिआरएसले ९४ अंक जोड्यो ।

पब्जी मोबाइल विश्वकपमा विश्वभरका उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जी मोबाइलको कुल प्राइज पुल ३० लाख अमेरिकी डलर रहेको छ।

२४ टिमलाई तीन समूहमा विभाजन गरेर समूह चरणको प्रतिस्पर्धा गराइनेछ । यसबाट शीर्ष ८ टिम सिधै ग्राण्ड फाइनलमा प्रवेश गर्नेछन् । यस्तै बटमका १६ टिमले दोस्रो स्टेजमा सर्भाइभल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

सर्भाइभल स्टेजबाट पनि शीर्ष ८ टिम ग्राण्ड फाइनलमा पुग्नेछन् । ग्राण्ड फाइनलमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछ र सबैभन्दा धेरै अंक जोड्ने टिम पब्जी मोबाइल च्याम्पियन बन्नेछ ।

इस्पोर्ट्स वर्ल्ड कपको ब्राण्ड एम्बासडरमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो नियुक्त भइसकेका छन् । जसले गर्दा इस्पोर्ट्स वर्ल्डकपको चर्चा समेत बढेको छ ।

इस्पोर्ट्स विश्वकपमा ७० मिलियन अमेरिकी डलर भन्दा धेरै पुरस्कार राशी रहेको छ । अघिल्लो पटक पुरस्कार राशी ६२.५ मिलियन अमेरिकी डलर थियो ।
यस पटक इस्पोर्ट्सको पब्जी मोबाइलसहित विभिन्न २५ खेलको २६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

होरा इस्पोर्ट्सका मालिक सन्जन गौतम अर्थात् ‘सिआर सेभेन होरा’ले पब्जी मोबाइलको विश्वकपमा पुग्नु ठूलो उपलब्धि भएको बताए । ‘अन्तिम चरणमा दोस्रो भयौं । तर विश्वकप पुग्नु पनि ठूलो कुरा हो’ उनले भने ।

पब्जी मोबाइल होरा ई-स्पोर्ट्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय