+

राष्ट्रिय मुवाँथाई प्रतियोगितामा प्रभात र विशेषलाई स्वर्ण

२०८२ असार  ८ गते २१:४८ २०८२ असार ८ गते २१:४८
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा प्रभात र विशेषलाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ८ असार काठमाडौंमा भएको दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा प्रभात कपाली र विशेष बुढा मगरले स्वर्ण पदक जिते।
  • प्रतियोगितामा पुरुष र महिला वर्गका विभिन्न तौल समूहमा विजेताहरू घोषित भए र पुरस्कार प्राप्त गरे।
  • सुदूरपश्चिम बाहेक ६ प्रदेश र नेपाल एपीएफ क्लबबाट ८७ खेलाडी सहभागी थिए।

८ असार, काठमाडौं । बागमतीका प्रभात कपाली र लुम्बिनीका विशेष बुढा मगरले दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा स्वर्ण जितेका छन् ।

पुरुष ४८ केजीमा प्रभातले गण्डकीका ओमकार मगर तथा ५१ केजीमा विशेषले बागमतीका योमा मोक्तानलाई फाइनलमा पराजित गरे ।

नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५४ केजीमा बागमतीका मंगेश महर्जन, ५७ केजीमा कोशी जगदीश विश्वकर्मा, ६० केजीमा गण्डकीका गौरव भण्डारी, ६३.५ केजीमा कोशीका सुमन याखा, ६७ केजीमा बागमतीका रोनिश सुब्बा, ७१ केजीमा गण्डकीका मोसेस कुमाल, ७५ केजीमा बागमतीका सौरव लामा, ८१ केजीमा गण्डकीका जेसन श्रेष्ठ, ८६ केजीमा बागमतीका रेहान फाइजु र ९१ केजीमा बागमतीका श्रीयानसिंह शाक्य पहिलो भए ।

कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला ४८ केजीमा एपीएफकी रिना माझी, ५१ केजीमा गण्डकीकी पूजा पाण्डे, ६० केजीमा बागमतीकी त्रिसरा गुरुङ र ६३.५ केजीमा गण्डकीकी धनकुमारी आलेले स्वर्ण जिते ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा सुदूरपश्चिम बाहेक ६ प्रदेश र नेपाल एपीएफ क्लबबाट ८७ खेलाडी सहभागी थिए ।

राष्ट्रिय मुवाँथाई प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय