News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले समूह 'एच' को खेलमा १० खेलाडीमा सीमित भएर पनि ३–१ को जित हासिल गर्यो।
- राउल एसेन्सियोले रातो कार्ड पाएपछि ७औं मिनेटमा रियल १० खेलाडीमा सीमित भयो भने पनि खेलमा नियन्त्रण कायम राख्यो।
- अन्तिम खेलमा रियल मड्रिड र साल्जबर्गबीचको भिडन्त निर्णायक हुनेछ।
९ असार, काठमाडौं । फिफा क्लब विश्वकप फुटबल अन्तर्गत गएराति भएको समूह ‘एच’ को खेलमा १० खेलाडीमा सीमित रियल मड्रिडले जित निकालेको छ ।
स्पेनिस क्लब रियलले मेक्सिकन क्लब पाचुकाविरुद्ध ३–१ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा नै राउल एसेन्सियोले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो ।
तर रियल त्यसपछि पनि उत्कृष्ट प्रदर्शन गर्दै खेलमा नियन्त्रण कायमै राख्यो। ३५औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै अग्रता दिलाए। ४३औं मिनेटमा आर्डा गुलरले गोल गर्दै पहिलो हाफमै रियल मड्रिडलाई २–० को अग्रता दिलाए।
दोस्रो हाफको ७०औं मिनेटमा फेडेरिको भाल्भेर्डेले तेस्रो गोल गरे। पाचुकाका लागि एलियास मोंटियालले ८०औं मिनेटमा सान्त्वना गोल गरे।
यही समूहको अर्को खेलमा साउदी क्लब अल हिलाल र अष्ट्रियन क्लब साल्जबर्गबीचको खेल गोलरहित बराबरीमा टुंगियो।
यो नतिजापछि समूह ‘एच’ को अवस्था प्रतिस्पर्धात्मक बनेको छ। दुई खेलबाट रियल मड्रिड र साल्जबर्गको समान ४ अंक छ भने अल हिलालको २ अंक रहेको छ।
पाचुका भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अब अन्तिम खेलमा रियल मड्रिड र साल्जबर्गबीचको भिडन्त निर्णायक हुनेछ भने अल हिलालले पनि अघिल्लो चरणको सम्भावना कायम राख्न पाचुकाविरुद्ध जित निकाल्नै पर्ने छ ।
प्रतिक्रिया 4