
News Summary
Generated by OK AI. Editorially reviewed.- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेशमन्त्री अब्बास अराक्चीबीच क्रेमलिनमा भेटवार्ता भयो।
- पुटिनले इरानविरुद्धको आक्रमणलाई अकारण र अनैतिक भने र छलफलको अवसर बनाए।
- इरानी विदेशमन्त्रीले रूस-इरानको सम्बन्धलाई रणनीतिक साझेदारीमा रूपान्तरण भएको बताए।
९ असार, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेशमन्त्री अब्बास अराक्चीबीच क्रेमलिनमा भेटवार्ता सम्पन्न भएको छ।
रूसको सरकारी समाचार च्यानलमार्फत बोल्दै राष्ट्रपति पुटिनले भने, ‘इरानविरुद्धको यो आक्रमण पूर्ण रूपमा अकारण र अन्यायपूर्ण छ, जसको कुनै आधार वा वैधता छैन।’
पुटिनले थपे, ‘म खुसी छु कि तपाईं (अब्बास अराक्ची) आज मस्कोमा हुनुहुन्छ। यसले हामीलाई यी सबै जटिल मुद्दाहरूमा छलफल गर्न र अहिलेको अवस्था कसरी हल गर्ने भन्नेबारे सँगै सोच्न अवसर दिनेछ।’
इरानी विदेशमन्त्री अराक्चीले रूस-इरानबीच ‘निकट र मैत्रीपूर्ण सम्बन्ध’ रहेको उल्लेख गर्दै भने, ‘हाम्रो यो सम्बन्ध अब रणनीतिक साझेदारीमा रूपान्तरण भइसकेको छ।’
उनले इजरायल र अमेरिकाका आक्रमणहरूले ‘अन्तर्राष्ट्रिय कानुन र मापदण्डहरूको उल्लंघन’ गरेको आरोप पनि लगाए।
यस वर्षको सुरुमा रूसी राष्ट्रपति पुटिन र इरानी राष्ट्रपति मसूद पेजेश्कियानबीच सुरक्षा सहयोग विस्तार गर्ने एक रणनीतिक सहमति भएको थियो ।
उक्त सम्झौता कुनै सैनिक गठबन्धन थिएन र यसले रूसलाई इरानको प्रतिरक्षा गर्न कानुनी रूपमा बाध्य नपार्ने बताइएको थियो ।
प्रतिक्रिया 4