+

इन्टर मियामी र पाल्मेइरास फिफा क्लब विश्वकपको अन्तिम १६ मा

२०८२ असार  १० गते ८:५४ २०८२ असार १० गते ८:५४
इन्टर मियामी र पाल्मेइरास फिफा क्लब विश्वकपको अन्तिम १६ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टर मियामी र पाल्मेइरास फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन्।
  • समूह ए अन्तर्गतको खेलमा दुवै टोलीले २-२ को बराबरी खेलेर अंक बाँडे।
  • मियामीले २ गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा टुंगियो।

१० असार, काठमाडौं । इन्टर मियामी र पाल्मेइरास फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

मंगलबार विहान भएको समूह ए अन्तर्गतको खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाडेपनि दुवै टोली अघि बढेका हुन् ।

खेलमा २ गोलको अग्रता लिएपनि मियामीले अन्तिमसम्म अग्रता जोगाउन नसक्दा जित भने निकाल्न सकेन ।

१६औं मिनेटमा ताडियो एलेन्डेले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । ६५औं मिनेटमा लुइस स्वारेजको गोलमा मियामीले अग्रता दोब्बर पारेको थियो ।

तर ८०औं मिनेटमा पाउलिन्हो र ८७औं मिनेटमा माउरिसियोले गोल गर्दै पाल्मेइरासको हार टारे ।

यो नतिजापछि समूह ए मा दुवैको ३ खेलमा ५ अंक भएको छ । दुवै टोली अन्तिम १६ मा प्रवेश गरे । पाल्मेइरास भने गोलअन्तरमा अघि रहेर समूहविजेता बन्यो ।

यसै समूहको अर्को खेलमा पोर्टो र अल अहलीले ४-४ गोलको रोमाञ्चक बराबरी खेले ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय