+

फिफा क्लब विश्वकप : पोर्टो र अल अहलीको रोमाञ्चक बराबरी तर दुवै बाहिरिए

२०८२ असार  १० गते ९:०५ २०८२ असार १० गते ९:०५
फिफा क्लब विश्वकप : पोर्टो र अल अहलीको रोमाञ्चक बराबरी तर दुवै बाहिरिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा क्लब विश्वकप अन्तर्गत समूह ए को अन्तिम खेलमा पोर्टो र अल अहलीले ४-४ को बराबरी खेले।
  • खेलमा अल अहलीले वेसाम अब्दुल अलीको ह्याट्रिक सहित चार गोल गरे, पोर्टोले पनि बराबरी गोल फर्काए।
  • समूहबाट इन्टर मियामी र पाल्मेइरासले स्थान सुरक्षित गरे, दुवै टोली ३ खेलमा २ अंक मात्र प्राप्त गरे।

१० असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ए को अन्तिम खेलमा पोर्चुगिज क्लब पोर्टो र इजिप्टियन क्लब अल अहलीले ४-४ गोलको बराबरी खेलेका छन् ।

खेलमा अल अहलीले चार पटक अग्रता लिएपनि हरेक अग्रतापछि पोर्टोले बराबरी गोल फर्काएको थियो ।

अल अहलीका लागि वेसाम अब्दुल अलीले ह्याट्रिक गरे भने मोहमम्द अली बेनले १ गोल गरे । १५औं मिनेटमा वेसामले गोल गर्दै अल अहलीलाई अग्रता दिलाएका थिए ।

२३औं मिनेटमा पोर्टोका रोड्रिगो मोराले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा वेसामले गोल गरेपछि अल अहलीले फेरि खेलमा अग्रता लियो ।

५०औं मिनेटमा विलियम गोमेसले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए । ५१औं मिनेटमा नै वेसामले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

५३औं मिनेटमा साम अगहोवाले गोल गरेपछि खेल ३-३ को बराबरीमा आएको थियो । ६४औं मिनेटमा अली बेनले गोल गरेपछि अल अहली फेरि अगाडि आयो तर ८९औं मिनेटमा पेपेले गोल गर्दै पोर्टोको हार टारे ।

यस बराबरीका बाबजुद दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् । यस समूहबाट इन्टर मियामी र पाल्मेइरास अघि बढेका छन् ।

समान १ हार र २ बराबरी खेलेका दुवै टोलीको ३ खेलमा २ अंक मात्र भयो । शीर्षको पाल्मेइरास र दोस्रोको इन्टर मियामीको ५-५ अंक भयो ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय