+
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट :

एसीसी यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित

२०८२ असार  १० गते ११:३० २०८२ असार १० गते ११:३०
एसीसी यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित

१० असार, काठमाडौं । नेपालले मलेसियामा भएहरेको एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । क्वालालम्बपुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार नेपालले जापानलाई ९ विकेटले हराएको हो ।

जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे । शिवांशले ४२ बल खेल्दा ७ चौका प्रहार गरे । ३३ बल खेलेका प्रसिद्धले ३ चौका प्रहार गरे ।

तेस्रो ओभरमै औपनर जोए थापा व्यक्तिगत १ रनमा बनाएर आउट भएपनि शिवांश र प्रसिद्धले दोस्रो विकेटको लागि अविजित ७६ रनको साझेदारी गर्दै जित दिलाए । जापानका काइसेई डोगे६ले १ विकेट लिए ।

त्यसअघि बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । गाबी हाराहिन्जले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालक लागि शुभम खनालले १० ओभरमा १५ रन मात्र दिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

लगातार दोस्रो जितपछि दुई खेलमा ४ अंक जोडेर नेपाल समूह ए को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको जापान २ खेलबाट २ अंकसहित दोस्रोमा छ ।

नेपालले अब तेस्रो खेलमा २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

एसीसी यू१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय