News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल दोस्रो सिजनमा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन्।
- लुम्बिनी लायन्सले रिटेन गरेका खेलाडीहरुको सूची सार्वजनिक गर्नुअघि रोहितले टिमबाटै खेल्ने पुष्टि गरेको हो।
- एनपीएलको दोस्रो सिजनको मिनी अक्सन जुलाईमा आयोजना हुनेछ।
१० असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) का लागि दोस्रो सिजनमा पनि लुम्बिनी लायन्सबाटै खेल्ने पक्का भएको छ ।
लुम्बिनी लयान्सले रिटेन गरेका खेलाडीहरुको सूची सार्वजनिक गर्नुअघि रोहितले टिमबाटै खेल्ने पुष्टि गरेको छ । लुम्बनी लायन्सले फेसबुकमा फोटो राख्दै गर्दै रोहितको फोटो देखाएर अरु ५ जना को-को रिटेन होलान् ? भनेर पोष्ट गरेको छ ।
पहिलो सिजनमा रोहित लुम्बिनीका मार्की प्लेअर थिए । यस्तै टिममा सन्दिप जोरा, विवेक यादव, सूर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अभिशेष गौतम, दिनेश अधिकारी, विकास आग्री लगायत खेलाडीले खेलेका थिए । यीनै खेलाडीबाट रोहित अनि अन्य ५ जना रिटेन हुनेछन् ।
एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोएल्स र चितवन राइनोजले रिटेन गरेका ६-६ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । लुम्बिनीले पनि छिटै आफ्नो रिटेन खेलाडीको सूची सार्वजनिक गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) एनपीएलको दोस्रो सिजनका लागि मिनी अक्सन गर्ने भएको छ । त्यसअघि फ्रेन्चाइजहरुले आफूले रिटेन गर्ने खेलाडीहरुको सूची सार्वजनिक गर्नेछन् ।
एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन गर्ने तयारी छ ।
प्रतिक्रिया 4