+
+
Shares

इरानबाट उद्धार भएकामध्ये २ नेपालीलाई दिल्लीबाट बुटवल पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानबाट उद्दार गरिएका दुई नेपाली नयाँ दिल्ली आइपुगेका छन्।
  • भारतीय सहयोगमा उनीहरु दिल्लीस्थित नेपाली दूतावासमा भेट्न पुगे।
  • अझै ५ नेपाली इरानको जेलमा रहेका छन्, फिर्ता ल्याउने प्रक्रिया भइरहेको छ।

१० असार, काठमाडौं । भारतको सहयोगमा इरानबाट उद्धार गरिएका नेपालीमध्ये दुई जना नयाँ दिल्ली आइपुगेका छन् । इरानबाट उद्दार गरिएकामध्ये गणेशप्रसाद पोखरेल र सुमन गैरे आइपुगेका हुन् ।

भारतको सहयोगमा फर्किएपछि उनीहरुले दिल्ली आएर नेपाली राजदूत शंकर शर्मासँग भेट गरेका छन् । फर्किने आउने क्रममा उनीहरुलाई दिल्लीस्थित विमानस्थलमा दूतावासका अधिकारीहरुले रिसिभ गरेका थिए ।

दिल्लीबाट उनीहरु बुटवलका लागि हिँडिसकेको भारतीय दूतवासले जनाएको छ । बाँकी १४ जना नेपाली समेत फर्किएर आउने क्रममा रहेको भनिएको छ । इरानको जेलमा ५ जना नेपाली अझै छन् । उनीहरुलाई समेत फिर्ता ल्याउन पहल भइरहेको छ ।

अध्यागमन कानुनको उल्लंघन गरेको आरोपमा जेलमा रहेकाले उनीहरुलाई प्रक्रिया पूरा गरेर फिर्ता ल्याउन कतारस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इरानमा रहेका नेपालीहरुसँग निकट सम्पर्कमा रहेको भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?