News Summary
Generated by OK AI. Editorially reviewed.- मनास्लु र वारियर्सले एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जिते।
- ब्वाइजमा मनास्लुले बीएमकेलाई १८–१७ र गर्ल्समा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले पराजित गर्यो।
- विजेताले नगद पुरस्कार र छात्रवृत्ति प्राप्त गरे, दुवैले यसअघि पनि उपाधि जितेका थिए।
१० असार, काठमाडौं । मनास्लु र वारियर्सले एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । मनास्लु ब्वाइज तथा वारियर्स गर्ल्समा च्याम्पियन बने ।
बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८–१७ ले पराजित गर्यो ।
गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले हरायो । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पनि पाउने छन् । उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
तीनदिनको अवधिमा मनास्लु र वारियर्सको यो दोस्रो उपाधि हो । दुवैले आइतबार प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए ।
ब्वाइजमा मनास्लुका शुभम् सैजु र गर्ल्समा वारियर्सकी दिब्यान्शा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई एसडब्लुएससीका क्याम्पस चिफ डा. राजेन्द्र केसी, भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को–ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4