+

नेपाली यू-२३ फुटबल टोलीको प्रशिक्षकमा नविन न्यौपाने नियुक्त

२०८२ असार  ११ गते १३:५६ २०८२ असार ११ गते १३:५६
नेपाली यू-२३ फुटबल टोलीको प्रशिक्षकमा नविन न्यौपाने नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन्।
  • अखिल नेपाल फुटबल संघले न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेको हो।
  • प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा आयोजना हुनेछ।

११ असार, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।

ताजिकिस्तानमा हुने प्रतियोगिताका लागि एन्फाले पूर्वखेलाडी तथा अन्तरिम प्रशिक्षकका रूपमा सिनियर टिम सम्हालिसकेका न्यौपानेलाई नियुक्त गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा, मनिष जोशी, सीईओ इन्द्रमान तुलाधरलगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘एच’ मा परेको छ।

यस समूहमा नेपालसँगै ताजिकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन्।

नविन न्यौपाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय