+
+
Shares

माधव नेपालको बयान : पतञ्जलिको निर्णय नीतिगत, अख्तियारको क्षेत्राधिकारमा पर्दैन

सरकारी वकिलको जवाफ– यो यथार्थ होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पतञ्जलि जग्गा खरिदमा हदबन्दी छुटको निर्णय नीतिगत भएको दाबी गरे।
  • उहाँले उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा नपर्ने बताए।
  • थुनछेक बहस जारी रहेको र अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस गरेको खबर छ।

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जलि जग्गा खरिदमा हदबन्दी छुटको निर्णय नीतिगत निर्णय भएको दाबी गरेका छन् ।

विशेष अदालतमा बुधबार भएको बयानका क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

साथै, उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने जिकिर पनि नेपालले बयानका क्रममा गरेका छन् ।

थुनछेक बहसका क्रममा सरकारी वकिल कार्यालय प्रमुख मोहन सागर बस्यालले नेपालले बयानका क्रममा उक्त विषय भनेको जानकारी गराए ।

तर, नेपालको उक्त दाबी यथार्थ नभएको बस्यालले बहसका क्रममा जिकिर गरेका छन् ।

बयान सकिएलगत्तै अहिले थुनछेक बहस जारी छ ।

थुनछेक बहसका क्रममा अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस गरेका थिए ।

उनलाई इजलासले केही प्रश्न पनि गरेको थियो । अहिले बस्याल बहस गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?