+

न्यू डायमण्डले जित्यो नेकोस महिला भलिबलको उपाधि

२०८२ असार  ११ गते २०:२१ २०८२ असार ११ गते २०:२१
न्यू डायमण्डले जित्यो नेकोस महिला भलिबलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डाइमण्ड क्लबले जित्यो।
  • विजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गरे भने, उपविजेता एपीएफले तीन लाख प्राप्त गर्यो।
  • प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सुमित्रा रेग्मी चयन भएकी छन्।

११ असार, हेटौंडा । हेटौंडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबले जितेको छ ।

विभागीय टोली एपीएफलाई सोझो सेटमा हराउँदै न्यू डायमण्डले पाँच लाख राशीको पहिलो नेकोस कपको उपाधि उचालेको हो । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा बुधबार भएको फाइनल खेलमा न्यू डायमण्डले एपीएफलाई २५–१२, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।

विजेता नेकोसले पाँच लाख नगद र उपविजेता एपीएफले ३ लाख नगदसहित ट्रफि र मेडल पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी चुनिएकी छन् । विधागततर्फ उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबकी कोपिला राना, उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी गरिमा बोहरा, उत्कृष्ट सेटर डायमण्डकी प्रगति नाथ चयन भए ।

यसैगरी, उत्कृष्ट स्पाइकर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक डायमण्डका कुमार राई घोषित हुँदा उदीयमान खेलाडीको पुरस्कार गण्डकी प्रदेशकी रिकजना भोटेले पाएकी छन । विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

विजेता न्यू डायमण्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेट २५–१५, २५–१० र २५–१६ मा हराउँदै फाइनल यात्रा तय गरेको थियो । एपीएफले पनि नेपाल पुलिस क्लबलाई सोझो सेटमै हराएको थियो । एपीएफले पुलिसलाई २५–२१, २५–१८ र २५–२१ म निरीह बनाउँदै उपाधि होडमा न्यू डायमण्डसँग भेट पक्का गरेको हो ।

प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिसले लिएको छ । बुधवार तेस्रो स्थानको लागि भएको खेलमा पुलिसले गण्डकीलाई २५–२३, २५–१५ र २५–१८ को सेटमा पराजित गर्दै नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो स्थानमा खुम्चिएको गण्डकीले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

नेपाल स्पोर्टस सेन्टरले प्रतियोगिताको आयोजना गरेको थियो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा, हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानलगायतले विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

नेकोस कप राष्ट्रिय महिला भलिबल न्यू डायमण्ड क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय