+
+
Shares

परामर्श तथा समन्वय उपसमितिको बैठक लम्बिँदा शिक्षा समिति बैठक बस्न ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १५:२९
शिक्षा समिति बैठक/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा समितिको बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसिरहेको छ ।
  • विधेयकलाई भोलि (असार १३) सम्म पारित गर्ने तयारी छ, बैठकले बाँकी विषयहरू टुंग्याउँदैछ।

१२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसिरहेको छ । विवादित विषयमा सहमति जुटाउन बिहान ८ बजेदेखि लगातार उपसमितिको बैठक बसिरहेको हो ।

मुख्यतः निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीमा सहमति जुट्न बाँकी छ । उपसमितिको बैठकपछि समितिको बैठक बस्ने छ । १ बजेका लागि बोलाइएको बैठक ३:१५ को लागि सारिएको थियो । उपसमितिको बैठक लम्बिएपछि समितिको बैठक बस्न ढिलाइ भएको छ ।

समितिले भोलि (असार १३) सम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ ।

बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।

समिति सदस्यहरूको एक मत भएमा अब छलफल धेरै विषय बाँकी छैनन् । अब समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ ।

त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय प्रकिया पूरा गरेर अगाडि बढ्छ ।

राष्ट्रिय सभाबाट पास भएपछि पुन: प्रतिनिधिसभामा आउँछ ।

राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रुपान्तरित हुन्छ ।

निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, ईसीडी र शिक्षकका माग मुद्दा बढी पेचिलो बनेको थियो ।

गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?