+
+
Shares

आत्मसमर्पण गर भन्नु इरानको अपमान हो : सर्वोच्च नेता खामेनी

अमेरिकाले इरानको परमाणु केन्द्रहरुमा गरेको आक्रमणले कुनै फरक नपरेको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च नेता अयातुल्लाहा अली खामेनीले कहिल्यै इरानले आत्मसमर्पण नगर्ने बताएका छन्।
  • उनले अमेरिकी आक्रमण र ट्रम्पको अभिव्यक्तिलाई असत्य र अपमानजनक बताए।
  • इरानले अमेरिकी र इजरायली आक्रमणको प्रतिकार गर्दै आत्मसमर्पण नगर्ने स्पष्ट पारे।

१२ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्लाहा अली खामेनीले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन् ।

इजरायलसँगको युद्धविराम र अमेरिकी आक्रमणको जवाफ दिन पहिलो पटक टेलिभिजनमा सार्वजनिकमा रुपमा बोलेका खामेनीले इरानको हकमा आत्मसमर्पण भन्ने कुरा अपमान भएको बताएका हुन् ।

अमेरिकाले इरानको परमाणु केन्द्रहरुमा गरेको आक्रमणले कुनै फरक नपरेको उनको भनाइ छ ।

उनले भने, ‘जे जति भयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई बढाइचढाइ प्रस्तुत गरे, उनको कुरा सुनेर जो कोहीले बुझ्न सक्छन् कि ट्रम्पले सत्यलाई तोडमोड गरेर भन्छन् ।’

इरानले कतारको दोहास्थित अमेरिकी एयर बेसलाई निसाना बनाएको प्रसंग जोड्दै नेता खामेनीले अमेरिकाले त्यसलाई कम आँक्ने कोशिस गरेकोमा आक्रोश पोखेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न भनेकोप्रति उनको असन्तुष्टि थियो । उनले भने, ‘इरान जस्तो महान देश र राष्ट्रका लागि आत्मसमर्पण उल्लेख गर्नु नै अपमान हो ।’

अमेरिका पहिल्यैबाट इरान विरोधी रहेको कुरा राष्ट्रपति ट्रम्पको गल्तीले खुलासा भएको उनले बताए । नेता खामेनीले अमेरिकी आक्रमण परमाणु कार्यक्रम रोक्न नभइ इरानलाई आत्मसमर्पण गराउन भएको उल्लेख गरे ।

इजरायल र अमेरिकाको आक्रमणको सार इरानले आत्मसमर्पण गरोस् भन्ने चाहनाबाट प्रेरित भएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?