+
+
Shares

ग्लोबल आईएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस

बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले लघु, साना र मझौला व्यवसाय दिवस र हाटबजार मनाएको हो।
  • बैंकले हरेक शुक्रबार काठमाडौं कमलादी शाखामा हाटबजार सञ्चालन गर्दै आएको छ।

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस मनाएको छ ।

बैंक आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तु बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।

बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको थियो ।

‘उद्यमीका उत्पादन, ग्लोबल आईएमईको प्रोत्साहन’ भन्ने नारा आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौं कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजारको २५औं हप्ता प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाटबजारले त्यस्ता उद्यम–व्यवसाय प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउने बताए ।

उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए ।

साथै, उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादन प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए ।

‘हामीले सानो तथा सिम्बोलिक अभियानका रूपमा सञ्चालन गरेको हाटबजार आजसम्म आइपुग्दा व्यापक भइसकेको छ । साथै, यो हाटबजारले नेपालको अर्गानिक, रैथाने तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गर्ने र उत्पादकलाई हौसला प्रदान गर्ने छ,’ उनले भने ।

हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सोही अनुरूपका बालीका उत्पादन, स्थानीय स्रोत उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायत दुई दर्जन बढी कृषक तथा व्यवसायीका उत्पादन र सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ ।

आफ्ना ग्राहकको सुविधा मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?