+
+
Shares

बेनिशा हमालले सकिन् ‘द ब्लू लाइट’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते २०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा खिचिएको मनोवैज्ञानिक थ्रीलर फिल्म ‘द ब्लू लाइट’को इन्डकल्याप भएको छ।
  • निर्देशक बलिराम चौहानले भने, ‘हामीले जे बनाउन खोजेका थियौं, त्यसका लागि सफल भयौं।’
  • फिल्म सन् २०२५ भित्रै रिलिज हुने अपेक्षा गरिएको छ।

काठमाडौं । मनोवैज्ञानिक थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को इन्डकल्याप भएको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिएको फिल्म २५ दिनमा सकिएको हो ।

फिल्मलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । प्रतिक्षित फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानको यो डेब्यु फिल्म हो ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मको शीर्ष भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुशमान जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । बालकलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् ।

‘हामीले जे बनाउन खोजेका थियौं, त्यसका लागि सफल भयौं । अब पोस्ट-प्रडक्सनको काम अघि बढ्छ,‘ निर्देशक चौहानले भने ‘कलाकारको कामले कथालाई जीवन्त बनाएको छ । हामी उत्साहित छौं । दर्शकलाई हामीले राम्रो सिनेमा देखाउने छौं ।’

फिल्मको सहायक निर्मातामा रमन ग्रे छन् । कार्यकारी निर्मातामा भने छायाँकार नरेन्द्र मैनाली र अभिनेत्री हमाल छन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

यो फिल्मलाई सन् २०२५ भित्रै रिलिज गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?