+
+
Shares

जसपा नेपाल सरकारबाट बाहिरिए प्रतिनिधि सभामा के असर पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १२:०४

१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकबाट सरकारलाई दिएको समर्थन पुनर्विचार गर्नुपर्ने निष्कर्ष निकालेको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

अनय प्रदेश र संघ सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेबारे जसपा नेपाल छलफलमा छ । संघीय सरकारलाई जसपा नेपालले समर्थन गर्दै आएको छ । संघीय सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनेबारे निर्णय लिन कार्यकारिणी समितिले संसदीय दललाई निर्देशन दिएको छ ।

जसपा नेपालका नेता प्रकाश अधिकारीका अनुसार अब बस्ने संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन पुर्नबिचार गर्नेबारे छलफल हुनेछ ।

यदि जसपा नेपालले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएमा संघीय सरकारसँग हाल रहेको सांसदको समर्थनको संख्यामा कमी आउनेछ ।

३० असार २०८१ मा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले ६ साउन २०८१ मा प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए । त्यसबेला उनले २७५ सदस्यीय सभामा १८८ मत पाएका थिए । यो दुई तिहाइ बढी मत हो ।

ओलीको पक्षमा कांग्रेस ८८, एमाले ७७, जसपा ७, जनमत पार्टी ६, जसपा नेपाल ५, लोसपा ४, नाउपा ४, स्वतन्त्र एक गरी १९२ मत रहेको थियो । यसमध्ये १८८ जना त्यसबेला मतदान प्रक्रियामा सहभागी भएका थिए ।

प्रतिनिधि सभामा जसपा नेपालका ५ जना सांसद रहेका छन् । यदि जसपा नेपालले समर्थन फिर्ता लिएको खण्डमा सरकारसँग रहने दलको सांसद संख्यामा ५ ले कमी आउनेछ ।

राष्ट्रिय सभामा भने जसपा नेपालको समर्थन नपाउँदा सरकारलाई आफ्नो विजनेश अगाडि बढाउन समस्या पर्न सक्छ । किनभने, सत्तापक्षको सांसद संखया प्रतिपक्षको भन्दा कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?