+
+
Shares

प्रधानमन्त्रीले भने- अंक थपेर एसईईको नतिजा बढाइएको होइन

‘४८ पनि नपुगेको ठाउँबाट ६१ प्रतिशत पुगेको छ । रेकर्ड ब्रेक भयो । विद्यार्थी फेल नगर्ने परिपाटी बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १३:३८

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अंक थपे नबढाएको दाबी गरेका छन् ।

हिजो (शुक्रबार) मात्रै सार्वजनिक भएको ०८१ को एसईईको नतिजाबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधि सभा बैठकबाटै यस्तो दाबी गरेका हुन् ।

‘मिहिनेत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुनेगरी नयाँ पुस्तालाई होच्याउने गरी विद्वानले बोलेको कुरा सुन्दा दु:ख लाग्छ । नम्बरमा खेलबाड होइन । विद्यार्थीले मिहिनत गरेर यो नम्बर ल्याएको हो,’ प्रधानमन्त्री ओलीले भने ।

नतिजामा केही मानिसले अंक थपेर हचुवाको भरमा बिना आधार बोलोको भन्दै प्रधानमन्त्री ओलीले दु:ख व्यक्त गरे ।

शुक्रबार प्रकाशित भएको एसईईको नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । अघिल्लो वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।

‘४८ पनि नपुगेको ठाउँबाट ६१ प्रतिशत पुगेको छ । रेकर्ड ब्रेक भयो । विद्यार्थी फेल नगर्ने परिपाटी बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विद्यार्थीको मिहिनेतलाई अपमान नगर्न पनि आग्रह गरे ।

अनलाइन कक्षा सञ्चालन गरेकाले पनि नतिजामा सुधार आएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गत वर्षको नतिजा कमजोर भएपछि ७० प्रतिशत पुर्‍याउने बताएका थिए । यो वर्ष ६१ प्रतिशत पुगेकाले आगामी वर्ष ७० पुर्‍याउन पहल गर्ने बताए ।

‘मैले केही युवा शिक्षकलाई आग्रह गरे मेन्टर शिक्षकको रुपमा खटेका छन् । ल्यापटप, मोबाइल, दूरसञ्चार, इन्टरनेट सेवा पुर्‍याएर अनलाइन कक्षा भयो । डेढ लाख विद्यार्थीलाई नि:शुल्क अनलाइन कक्षा चलाइएको छ,’ ओलीले भने, ‘राम्रो काममा प्रसंशा गर्नुपर्छ । आगामी वर्ष यो भन्दा ६५–७० प्रतिशत पुर्‍याउछौँ ।’

https://www.facebook.com/onlinekhabarnews/videos/656740970725250

यसरी धेरैवर्ष यता नतिजामा उल्लेखिय सुधार भएको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई संसदबाट बधाइ र धन्यावाद पनि दिए ।

‘धेरै वर्ष यता नतिजामा उल्लेखिय वृद्धिको खुसीको कुरा हो । मिहिनेतका साथ अध्ययन गरेर सफलतामा पुर्‍याउने देशको रेकर्ड रनारात्मक ४८ प्रतिशतबाट ६१ प्रतिशत पुर्‍याउन मिहिनेत गर्ने विद्यार्थी भाइबहिनीलाई बधाइ । पढाइमा सिकाइमा राम्रो ज्ञान दिने शिक्षकलाई धन्यवाद,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?