News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर क्विन्सले प्रशिक्षक उत्सव खड्कालाई दोस्रो संस्करणको लागि पुनः नियुक्त गरेको छ।
- खड्काले पहिलो संस्करणको हारलाई जितको आशाले भरिएको बताएका छन्।
- एभरेस्ट महिला भलिबल लिग २०२५ सेप्टेम्बर ५ देखि १३ सम्म सञ्चालन हुनेछ।
१५ असार, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणका लागि लालितपुर क्विन्सले उत्सव खड्कालाई फेरि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
ललितपुरका स्थानीय बासिन्दा रहेका प्रशिक्षक खड्काले पहिलो संस्करणमा उपविजेतामा चित्त बुझाउनु परेको पीडालाई यसपटक उपाधि जितेर भरपाई गर्ने अठोट लिएका छन्।
सम्झौता कार्यक्रममा उनले भने, ‘पछिल्लो सिजनको फाइनलमा बेहोरेको हारले हाम्रो मन दुखेको थियो। यसपटक त्यो चोटलाई जितको खुसीले भरिनेछ। म टिमले ममाथि पुनः विश्वास गरेकामा आभारी छु। यो सिजन उपाधि ल्याएर हाम्रो सुन्दर सहर ललितपुरलाई समर्पण गर्नेछौं।’
एफआईभीबी लेभल ३ प्रमाणपत्र प्राप्त गरेका खड्का नेपालको सफल भलिबल प्रशिक्षकमध्ये एक मानिन्छन्। टिम लालितपुर क्विन्सले उनलाई फेरि टिमको नेतृत्व सुम्पिन पाउँदा गर्व महसुस गरेको जनाएको छ।
एभरेस्ट महिला भलिबल लिग २०२५ को दोस्रो संस्करण आगामी सेप्टेम्बर ५ देखि १३ सम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया 4