
१७ असार, काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका छन् ।
मंगलबार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका हुन् । उक्त निकायहरुमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिए ।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले अनुगमनका क्रममा सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताए ।
‘अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो । अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौं,’ मुख्यसचिव अर्यालले भने ।
मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वयता नहुँदा पनि कतिपय सेवाप्रवाहमा कठिनाइ भएको र नागरिकले दुख पाएको उनले बताए ।
‘यसलाई इन्ट्रिग्रेटेड गरेर सबैलाई व्यवस्थीत गर्दैछौं । अहिले केके समस्या रहेछन्, केके सुधार्नु पर्ने रहेछ,’ उनले भने, ‘अहिले डेलिभरि कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो । अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो ।’
उनका अनुसार तीन तहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको उनले बताए ।
प्रतिक्रिया 4