
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियामा आफ्नो नियम र परम्परा पालना गर्न आवश्यक रहेको बताएको छ।
- चीनले उत्तराधिकारीको पहिचान चिठ्ठाका माध्यमबाट हुनुपर्ने बताएको छ।
- आलोचकहरूले चिनियाँ अधिकारीहरूले प्रक्रियामा गोलमाल गर्ने आरोप लगाएका छन्, जसलाई चीनले खण्डन गरेको छ।
१९ असार, काठमाडौं । तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ ।
भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो ।
साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक परम्पराको समेत पालना हुनुपर्ने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामाको उत्तराधिकारीको पहिचान चिठ्ठाका माध्यमबाट हुनुपर्ने जनाएका बीबीसीले जनाएको छ ।
सुनौलो कलसबाट चिठ्ठा निकालेर दलाई लामाको उत्तराधिकारी चयन गरिनुपर्ने मन्त्रालयको तर्क छ ।
सन् १९७२ मा शुरु भएको उक्त प्रथाअनुसार नै पछिल्लो पटक लामा गुरुहरु चयन गरिएका थिए ।
तर, आलोचकहरुले भने चिनियाँ अधिकारीहरुले यस प्रक्रियामा गोलमाल गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।
चीनले यस्ता आरोपलाई खण्डन गर्दै आएको छ र यस प्रथालाई तिब्बती बौद्ध धर्मको अद्वितिय रुप भन्ने गरेको छ ।
प्रतिक्रिया 4