+
+
Shares

रविको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १४:४१
तस्वीर : सामाजिक सञ्जालबाट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगञ्जमा ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोसिएको छ किनभने उनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोप छ।
  • सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा नागरिकस्तरबाट हस्ताक्षर अभियान चलाइएको थियो।
  • सामाजिक सञ्जालमा खड्काले हस्ताक्षर गरेको फोटो भाइरल भएपछि उनी छानबिनमा परेका छन्।

२० असार, काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझ्न खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।

सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा रास्वपाले हस्ताक्षर अभियान चलाएको छ ।

पार्टी सभापति लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिनमा तानिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?