
News Summary
Generated by OK AI. Editorially reviewed.- गीतको ट्रेलर बिहीबार युट्युबमार्फत सार्वजनिक भएको र भिडियो शनिबार सार्वजनिक हुने जानकारी दिइएको छ।
- गीतले विवाह, प्रेम र आधुनिक सम्बन्धका विषयवस्तु समेट्ने अपेक्षा गरिएको छ।
काठमाडौं । लोकप्रिय गायक सज्जनराज वैद्य र नयाँ पुस्ताकी अभिनेत्री दिव्या रायमाझीबीच सांगीतिक सहकार्य भएको छ । गायक वैद्यको नयाँ गीत ‘बेहुली’का लागि उनीहरूले सहकार्य गरेका हुन् ।
बिहीबार साँझ उक्त नयाँ गीतको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ । पूरा भिडियो शनिबार सार्वजनिक गरिने गायक वैद्यले जनाएका छन् ।
गीतमा दुवै कलाकारलाई एकसाथ देख्न सकिने छ । गीतको छायांकनका केही दृश्यहरू केही दिनयता टिकटक र इन्स्टाग्राममा भाइरल समेत भइरहेका छन् ।
गायक वैद्य नेपाली सांगितिक उद्योगमा यथार्थपरक लय र संवेदनशील गीतहरूका लागि चिनिन्छन् । उनी युवामाझ निकै लोकप्रिय छन् । यता दिव्या रायमाझीले पछिल्लो वर्षदेखि नेपाली फिल्म तथा विज्ञापन क्षेत्रमा सक्रियता बढाउँदै आएकी छन् ।
‘बेहुली’ उनका लागि वैद्यसँगको पहिलो सहकार्य हो । गीतले विवाह, प्रेम र आधुनिक सम्बन्धका विषयवस्तु समेट्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4