
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९९८ मा जापानमा ‘सुसुनु’ नामक रियालिटी शो सञ्चालन भयो, जसमा प्रतियोगीले केवल पुरस्कारहरूमा बाँच्नुपर्ने थियो।
- नासुबी नामक प्रतियोगीले १५ महिनासम्म चुनौती सामना गरे र पुरस्कारहरू जिते, तर मानसिक र शारीरिक रूपमा कमजोर भए।
- नासुबीले तीन दशकपछि यस शोलाई ‘क्रूर’ भन्दै आफ्नो पीडा र संघर्षको अनुभव व्यक्त गरे।
सन् १९९८ मा एक यस्तो रियालिटी शो थियो, जसमा प्रतियोगीले खाली अपार्टमेन्टमा नाङ्गै बस्नुपर्ने हुन्थ्यो ।
यस्तो चुनौती मोलेका थिए, जापानी व्यक्ति तोमोआकी हमात्सुले । उनलाई त्यहाँ केवल एक कलम, केही खाली पोस्टकार्ड, टेलिफोन र केही पत्रिका मात्र दिइएको थियो । पत्रिकाहरू थिए, तर नासुबी त्यहाँ पढ्नका लागि गएका थिएनन् । ‘सुसुनु’ नामक यो शोको अवधारणा के थियो भने, के कुनै व्यक्ति शोको दौरान प्राप्त पुरस्कारहरूमा मात्र बाँच्न सक्छ ?
चुनौती जित्नका लागि पुरस्कारहरूको मूल्य निश्चित रकमसम्म पुग्नु आवश्यक थियो, जुन त्यस समयमा करिब १० लाख जापानी येन थियो । भोक र एक्लोपनका कारण नासुबी डिप्रेशनमा गए र उनको मानसिक अवस्था बिग्रिएको थियो । उनी १५ महिनासम्म यी गम्भीर चुनौतीहरूसँग जुधे ।
नासुबीलाई खुला अडिसनमार्फत छानिएको थियो । उनलाई थाहा थियो कि उनलाई फिल्मांकन गरिनेछ, तर फुटेजको प्रसारणबारे उनलाई दिइएको जानकारी अस्पष्ट थियो । यसले उनलाई लागेको थियो कि सायद यो प्रसारण नहोला ।
बिस्तारै यो २२ वर्षीय युवा देशको ठूलो सेलिब्रेटी बन्दै गए किनकि यो रियालिटी शो लगातार लोकप्रिय हुँदै गयो । आलोचकहरूले यो कार्यक्रमलाई मन पराएनन्, तर यसले युवा दर्शकहरूको ठूलो समूहलाई आकर्षित गरेको थियो ।
नेदरल्यान्डको चर्चित ‘बिग ब्रदर’ रियालिटी शो पनि जापानको यो शोको एक वर्षपछि शुरू भएको थियो । ‘बिग ब्रदर’ पछि टेलिभिजन शोको नयाँ अध्याय शुरू भएको थियो ।
जब नासुबीलाई कुकुरको खाना दिइयो
एक महत्वाकांक्षी अभिनेता–कमेडियन, नासुबीलाई शो शुरू हुनुभन्दा पहिले यो वास्तवमा के हो भन्ने बारे धेरै कम जानकारी थियो ।
उनलाई झ्याल नभएको कोठामा कपडा र आधारभूत सुविधाहरू, जस्तै ट्वाइलेट पेपर बिना राखिएको थियो । यस क्रममा उनको बाहिरी संसारसँग कुनै सम्पर्क थिएन । सबै फुटेजमा जापानी ग्राफिक्स, जापानी भाषामा कथा, बनावटी हाँसो, ध्वनि प्रभावहरू, शोर र ग्राफिक्सले भरिएको थियो । त्यसैले हामीले अंग्रेजी बोल्ने दर्शकहरूलाई यो वास्तवमा कस्तो थियो भनेर बुझ्ने स्वतन्त्रता दियौँ ।’
जापानी ग्राफिक्सलाई अंग्रेजीसँग बदलियो । एक अंग्रेजी बोल्ने व्यक्तिले कथालाई जापानीबाट अंग्रेजीमा अनुवाद गर्ने जिम्मेवारी लिए ।
शो अगाडि बढ्दै जाँदा नासुबीले धेरै पुरस्कारहरू जिते, तर धेरैजसो यो काम लाग्ने थिएन । यी पुरस्कारहरूमा टायर, गल्फ बल, टेन्ट, ग्लोब, टेडी बेयर र ‘स्पाइस वर्ल्ड: द मूभी’ को टिकटहरू समावेश थिए । वास्तवमा नासुबी शारीरिक रूपमा कमजोर हुँदै गएका थिए, तर शोका निर्माताहरूका लागि यो चिन्ताको विषय थिएन । यदि नासुबीले पुरस्कारमा चामल नजितेका भए उनको मृत्यु हुन सक्थ्यो ।
पछि उनले मीठो पेय पदार्थ र कुकुरको खाना पनि जिते, जसलाई खाएर उनी हप्तौँसम्म बाँचे ।
शोका करिब १.५ करोड दर्शकहरूले उनको यो जित र बाँच्नका लागि उनको संघर्ष देखे । नासुबी पूरै शोमा नग्न अवस्थामा रहे किनकि उनले पूरै शोमा लगाउन योग्य कुनै कपडा जितेनन् ।
अपार्टमेन्टको ढोका बन्द थिएन र सैद्धान्तिक रूपमा नासुबीलाई जुनसुकै बेला बाहिर निस्कन अनुमति थियो । तर उनले त्यसो किन गरेनन् ?
उनी आफूलाई समस्यामा पार्न चाहँदैनथे र त्यस समयमा नासुबी जवान र सोझो थिए ।
तीन दशकपछि पनि पीडा
लगभग तीन दशकपछि, नासुबीले यो शोलाई ‘क्रूर’ भने र भने कि यसमा ‘कुनै खुशी र स्वतन्त्रता थिएन ।’
इन्टरटेनमेन्ट न्यूज प्लेटफर्म ’डेडलाइन’ सँगको कुराकानीमा नासुबी भन्छन्, ‘मेरो जीवनको बारेमा सायद हप्तामा तीन वा पाँच मिनेट देखाइन्थ्यो । तर जब म पुरस्कार जित्थेँ, मेरो खुशीलाई बढाइचढाइ देखाउनका लागि यसलाई सम्पादन गरिन्थ्यो ।’ दर्शकहरू भन्थे, ‘ओह, हेर, ऊ केही रमाइलो गरिरहेको छ र केही यस्तो गरिरहेको छ जसमा ऊ रमाइलो गरिरहेको छ…’ तर उनको जीवनको धेरैजसो हिस्सा दुखमा बित्यो ।
बिबिसीबाट
प्रतिक्रिया 4