+
+
Shares

दाङमा पाटे बाघको छालासहित पक्राउ परे ३ जना

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १२:२२

२२ असार, काठमाडौं । दाङको लमही नगरपालिकामा प्रहरीले दुर्लभ वन्यजन्तु बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशवराज सेन ठकुरी, वडा नं. ६ का ४१ वर्षीय विक्रम बुढामगर र बर्दियाका ३३ वर्षीय बनिल थारु छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय, लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेयसमेतको कमाण्डमा खटिएको टोलीले बाघको छालाको विक्री हुन लागेको फेला पारेको थियो ।

त्यसक्रममा आइतबार बिहान मध्यराति विक्रम बुढामगरको घरमा प्रहरीले छापा मारेको थिाये । त्यसक्रममा घरमा प्लास्टिकको जेब्रा झोलाभित्र लुकाएको अवस्थामा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाई भएको पाटे बाघको छाला फेला पारिएको डीएसपी शाहले बताए ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?