+
+
Shares

गुराँस नानीसँगको सहकार्यबारे दुर्गेश : उहाँको ‘सेलिब्रेटी सपना’लाई सघाएका हौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीतकर्मी दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको नयाँ गीत बुधबार युट्युबमा सार्वजनिक हुनेछ।
  • गुराँस नानीलाई सहकार्यमा समेटिएको यस गीतले सामाजिक संजालमा चर्चा पाएको छ।
  • दुर्गेशले भने, ‘उहाँ रिजर्भ बस्ने भाइरल व्यक्ति हो, जसलाई हामीले सहयोग गरेका हौं।’

काठमाडौं । दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको सांगीतिक सहकार्य यतिबेला चर्चामा छ । यी तीनलाई समेटेर तयार भएको गीत बुधबार युट्युबमा सार्वजनिक हुने तयारीमा छ ।

सामाजिक संजालमा चर्चामा रहेका यी तीनजनाको सहकार्य धेरैका लागि आश्चर्य पनि हो । टिकटक र रिल्समा लामो समयदेखि ट्रोल हुँदै आएकी गुराँस नानीले अहिलेका चर्चित पर्फमर तथा संगीतकर्मी दुर्गेश र भ्लगर सिसनसँग सहकार्य गरेको खबर अहिले चर्चामा छ ।

विश्वब्यापी चर्चित ‘दुश्मन हेरेको हेर्‍यै’पछि लाइमलाइटमा आएका दुर्गेश र नवाज अन्सारीको पछिल्लो सुपरहिट ‘बबाल’पछि सिसनबीच भएको यो सहकार्यलाई महत्वको साथ लिइएको छ । यस्तोमा, सेलिब्रेटी बन्न संघर्ष गरिरहेकी गुराँस नानीलाई दुर्गेश र सिसनले मोडलमा छनोट गर्नु धेरैका लागि रोचक कुरा हो ।

गुराँस नानीसँगको सहकार्यबारे अनलाइनखबरले दुर्गेशसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले गुराँस नानी अन्य भाइरल व्यक्तिहरू भिन्ने रहेको बताए । ‘उहाँ रिजर्भ बस्ने भाइरल व्यक्ति हो । उहाँको सेलिब्रेटी बन्ने सपनालाई सघाउन हामीले सहकार्य गरेका हौं । हामीले सहयोग गर्ने हो, भोलि संघर्ष उहाँ आफैले गर्नुपर्छ’ दुर्गेशले भने ।

गुराँस नानीलाई उक्त म्युजिक भिडियोमा अभिनय गरेबापत ५० हजार रुपैयाँ पारिश्रमिक आफूहरूले दिएको र त्यो रकमले उनले गाउँमा धेरथोर केही उद्यमशिलता गर्न सक्ने दुर्गेशले बताए । ‘गाउँको लागि ५० हजार रुपैयाँ धेरै ठूलो कुरा हो । यो पैसाले उहाँले गाउँमा पनि केही काम गर्न सक्नुहुन्छ’ उनले भने ।

जेहोस्, गुराँस नानीसँग दुर्गेश र सिसनको सहकार्य अहिले टाइमलाइनमा चर्चाको विषय बनेको छ । फ्यान बुधबार सार्वजनिक हुने यो सहकार्य संगीतलाई हेर्न अधैर्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?