+
+
Shares

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतले पारित भएको छ।
  • बैठकमा महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२ पनि पेस गरियो।

२३ असार, विराटनगर । कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डरीले आजको बैठकमा उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

उक्त विधेयकमा कुनै पनि संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता नभएको र सो विधेयकमा दफावार छलफलमा पनि कुनै पनि सांसदले सहभागी जनाएनन् ।

सभामा ‘महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले सदनमा पेस गरेका थिए ।

सभाको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट सदस्य रमेशकुमार बस्नेतले देशकै सबैभन्दा ठूला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीति क्षेत्रबाट मुक्त राख्नुपर्ने बताए ।

उनले नागरिकको उपचार तथा विशेषज्ञ स्वास्थ्य सेवामा समर्पित यो संस्थामा वार्षिक पाँच लाख नागरिकले बहिरङ्ग सेवा र लगभग ४५ हजार नागरिकले आकस्मिक सेवा लिने गरेको प्रतिष्ठान नेपाल र भारतका निम्ति नमूनायोग्य रहेको बताए । जम्मा ९१५ वटा शय्या रहेको यो प्रतिष्ठानलाई विवादरहित राख्नुपर्ने धारणा राखे ।

निजामती कर्मचारी ऐनमा ‘कुलिङ पिरियड’मा भएको त्रुटिमा कसैले जिम्मेवारी नलिनु अस्वाभाविक हो भन्दै गल्ती गर्नेलाई कारबाही हुनुपर्छ भने ।

प्रदेशसभा सदस्य राजन किरातीले कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कर्मचारीहरूसँग रकम माग्ने गरेको र रकम नदिए सरुवा गरिदिने समाचार सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आइरहेकाले सरकारले छानबिन गर्नुपर्ने माग गरे ।

सदस्यहरू गोपालबहादुर बस्नेत, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ र ललिताकुमारी चौधरीले पनि विविध विषयमा आफ्ना धारणा राखे ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?