+
+
Shares

अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्र जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ११:१४

२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् ।

अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।

हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ । गएराति रसुवामा बाढी आउँदा कम्तिमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्दार गरेका छन् ।

चीनतर्फ आएको बाढीले रसुवामा क्षति पुर्‍याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा थिए ।

गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए । गृह स्रोतका अनुसार, राति बाढीको खबर आएलगत्तै प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई जिल्लातर्फ जान सहजीकरण गरिएको छ ।

सोही कार्यक्रमका लागि गृहमन्त्री रमेश लेखक पनि धुलिखेल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?