+

साफ यू-२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

२०८२ असार  २४ गते १६:०९ २०८२ असार २४ गते १६:०९
साफ यू-२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फाले नेपाली यू-२० महिला फुटबल टोलीलाई बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि बिदाई गर्यो।
  • प्रतियोगिता जुलाई ११ देखि सुरु हुनेछ र नेपालले भुटान, बंगलादेश, र श्रीलंकासँग खेल्नेछ।
  • यो प्रतियोगिता एएफसी यू-२० महिला एसियन कपको तयारीको रूपमा रहेको छ।

२४ असार, काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली यू-२० राष्ट्रिय महिला टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै यू-२० टिमलाई बिदाई गरेको हो ।

एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले नेपाली टोलीको बिदाइ गरे ।

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप जुलाई ११ देखि सुरु  हुनेछ । च्याम्पियनसपमा नेपाल, आयोजक बंगलादेशसहित श्रीलंका र भुटानको सहभागिता छ ।

चार टिम मात्र सहभागी भएकोले डबल राउण्ड रोविन लिगको आधारमा खेलहरु हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग ११ जुलाइमा खेल्नेछ ।

दोस्रो खेलमा नेपालले १३ जुलाईमा बंगलादेशसँग, त्यसपछि नेपालले १५ र १७ जुलाईमा श्रीलंकासँग तथा १९ जुलाईमा भुटान र २१ जुलाईमा बंगलादेशसँग खेल्ने छ ।

यो प्रतियोगिता एएफसी यू-२० महिला एसियन कप छनोटको तयारीको रुपमा रहेको एन्फाले जनाएको छ ।

नेपाली टोली : लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर

साफ यू-२० महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय