News Summary
Generated by OK AI. Editorially reviewed.- अलस्टार इस्पोर्ट्स नेपालले असार २९ देखि ३१ गतेसम्म काठमाडौंमा 'अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप २०२५' आयोजना गर्नेछ।
- प्रतियोगितामा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र इ-फुटबल खेलहरूमा प्रतिस्पर्धा हुनेछ, विजेताहरूलाई २५ हजार रुपैयाँभन्दा बढी पुरस्कार दिइनेछ।
- कार्यक्रममा सहभागी हुन दर्ता निःशुल्क छ र विशेष प्रविष्टि सुविधा र रोमाञ्चक उपहारहरू उपलब्ध छन्, यसले नेपालमा इस्पोर्ट्सको विकासमा मद्दत गर्ने उद्देश्य राखेको छ।
२५ असार, काठमाडौं । अलस्टार इस्पोर्ट्स नेपालले आगामी असार २९ देखि ३१ गतेसम्म काठमाडौंको आइआइएमएस कलेजमा ‘अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप २०२५’ आयोजना गर्ने भएको छ।
टुर्नामेन्टमा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र इ-फुटबल तीन प्रमुख गेमहरूमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुन प्दस टु सकाएकाहरूलाई दर्ता निःशुल्क हुनेछ भने विजेताहरूका लागि कुल २५ हजार रुपैयाँभन्दा बढी नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्लस टु पास गरेका विद्यार्थीहरूका लागि विशेष प्रविष्टि सुविधा दिइने पनि बताइएको छ। कार्यक्रममा रोमाञ्चक उपहारहरू पनि प्रदान गरिनेछ।
यस प्रतियोगिताको शीर्षक प्रायोजक कुन्यो गेमिङ छ भने शैक्षिक साझेदार आइआइएमएस कलेज र एथर एनर्जीको सपोर्ट छ ।
अलस्टार इस्पोर्ट्स नेपालका अनुसार यो प्रतियोगिता युवा गेमरहरूलाई अवसर दिने, समुदाय निर्माण गर्ने र नेपालमा इस्पोर्ट्सको भविष्य उज्यालो बनाउन सघाउने उद्देश्यले आयोजना गरिएको हो।
इच्छुक खेलाडी वा टोलीहरूले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्।
 
                    










 २०८२ असार  २५ गते ११:१३
                        २०८२ असार  २५ गते ११:१३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4