
News Summary
Generated by OK AI. Editorially reviewed.- पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा नवीन पन्तले निर्देशन गर्ने फिल्म 'बाकस' निर्माणको घोषणा गरिएको छ।
- फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गर्नेछ र नेपाल तथा विदेशमा छायांकन हुनेछ।
- फिल्मको प्रि–प्रोडक्सन चरणमा छ र २०८३ सालमा प्रदर्शन हुने जनाइएको छ।
काठमाडौं । गुरु पूर्णिमाको अवसरमा विहिबार नयाँ फिल्म ‘बाकस’ निर्माणको घोषणा गरिएको छ ।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्मलाई नवीन पन्तले निर्देशन गर्नेछन् । वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्ने फिल्मको पटकथा पन्तले लेखेका छन् ।
नेपाल र विदेशमा छायांकन गर्ने जनाइएको यो फिल्म अहिले प्रि–प्रोडक्सन चरणमा छ । कलाकार र प्राविधिक छनोटको कार्य बाँकी रहेको निर्देशक पन्तले अनलाइनखबरलाई दिए ।
फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत हुनेछन् । तिहारपछि छायांकन सुरु हुने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4