+
+
Shares

रुपन्देही-३ मा रास्वपाले गर्‍यो उम्मेदवारका लागि आवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ११:५२

२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ ।

पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनका अनुसार, इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्ेमदवार छनोट प्रक्रिया सञ्चालन गर्ने छ ।

त्यस्तै, उपनिर्वाचन सम्बन्धी सबै कार्यको नेतृत्व गर्नेगरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?