+
+
Shares
सिनेमा :

जब पंकज कपुरले ‘गान्धी’ फिल्मका कारण जागिर गुमाए

धेरैले हिन्दी सिनेमामा पंकज कपुर, नसिरुद्दीन शाह र ओम पुरीलाई अभिनयका धनी मान्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९८२ मा रिलिज भएको \'गान्धी\' फिल्ममा पंकज कपुरले गान्धीको आवाज दिएका थिए ।
  • पंकज कपुरलाई थिएटरबाट अनुमति नपाएपछि जागिरबाट बर्खास्त गरियो ।
  • पंकज कपुरले नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा पढेर अभिनय यात्रा सुरु गरेका थिए र टेलिभिजन तथा फिल्म क्षेत्रमा आफ्नो छाप छोडेका छन्।

सन् १९८२ मा रिलिज भएको ‘गान्धी’ त्यस्तो क्लासिक फिल्म बन्यो, जसको चर्चा आज पर्यन्त हुने गर्छ । उसबेला रिचर्ड एटनबरोको यो फिल्मले आठ ओस्कर अवार्ड जितेको थियो ।

यस फिल्ममा बेन किङ्सलेले गान्धीको भूमिका निभाएका थिए । तर, गान्धीको आवाज भने पंकज कपुरको थियो । यस फिल्मसँग पंकज कपुरको अनेकन् घटना जोडिएका छन् । तीमध्येको चर्चित भनेको फिल्मका कारण जागिर गुमाउनु हो ।

गान्धी’मा कसरी जोडिए पंकज कपुर ?

फिल्म अघि पंकज कपुर नाटकमा थिए । उनका लागि गान्धी फिल्मसँगको सेतु नाटक नै बन्न गयो । किनकि उनले ‘मुख्यमन्त्री’ नामक नाटकमा गरेको अभिनयका कारण गान्धीका निर्देशक रिचर्ड एटनबरो प्रभावित भएका थिए ।

‘हामी ‘मुख्यमन्त्री’ नामक नाटक गरिरहेका थियौँ । त्यसमा मैले मुख्यमन्त्रीको सेक्रेटरीको भूमिका निभाएको थिएँ । मेरो बुझाइमा उनले मलाई त्यहीँ देखेको हुनुपर्छ । किनकि भोलिपल्ट नै उनले मलाई बोलाएका थिए’ पंकज कपुर भन्छन् ।

गान्धीको आवाजका लागि कसरी छानिए ?

ती दिनहरूमा निर्देशक स्वयंले गान्धीका लागि आवाजको खोजी गरिरहेका थिए । त्यही बेला पंकज कपुरलाई थिएटरको कमाइले पुगिरहेको थिएन । अनि उनी फिल्मका लागि नटराज स्टुडियोमा अडिसन दिन गए । सुरुमा त काम पाइन्छ कि भनेर उनी त्यहाँ गएका थिए ।

त्यहाँ उनले शेक्सपियरका दुई लाइन अंग्रेजीमा बोलेका थिए । त्यसमा उनी सर्टलिस्टमा परे । अनि बीआर स्टुडियोमा गएर फेरि एउटा सीन अंग्रेजीमा डब गरे । त्यसपछि भने उनी फिल्मका लागि छनोट भए । जुन बेला उनको उमेर मात्र २७ थियो ।

अर्कोतर्फ उनको जागिर थिएटरमा थियो । सुरुमा थिएटरकाले उनलाई गान्धी फिल्ममा काम गर्ने अनुमति दिए । तर फिल्ममा नै पूरा काम गर्नुपर्ने बताएपछि भने उनलाई थिएटरबाट अनुमति मिलेन ।

उनी दोधार परे । उनलाई फिल्ममा पनि काम गर्न मन थियो अनि नाटकमा पनि । कुरा मिलाउन उनले थिएटर व्यवस्थापन समक्ष सम्झौताअनुसार नै काम गरिरहेको बताए । तर, उनको कुरा सुनिएन । उल्टै जागिरबाट बर्खास्त गरियो ।

जागिरबाट निकालिएपछि के भयो ?

थिएटरको जागिर गुमेपछि पंकज कपुर दिल्लीबाट मुम्बई आए । त्यहाँ उनी साथी ओम पुरीकहाँ बसे । ओम पुरीले उनलाई श्याम बेनेगलले ‘आरोहण’ नामको फिल्म बनाइरहेको बताए । त्यसपछि उनले श्याम बेनेगललाई भेट्न गए । कामको प्रस्ताव गरे । उनलाई काम पनि मिल्यो । त्यहीँबाट उनको हिन्दी फिल्महरूको सिलसिला सुरु भयो ।

सिनेमाको दुनियाँमा कसरी आए ?

‘हिरो’ बन्छु भन्ने उनको सपना १९७३ तिर नै पलाएको थियो । त्यसबेला उनले भर्खर कक्षा १२ उत्तीर्ण गरेका थिए । यो सपना पूरा गर्न आफू दिल्ली जाने कुरा उनले आमालाई सुनाए । सुरुमा आमाले मानिनन् । बुबाले भने उनको कुरामा साथ दिए । उनका बुबा त्यसबेला प्रोफेसर थिए । बुबाको ‘म त धेरै खुसी छु छोरा’ भन्ने जवाफले उनमा अझ धेरै आत्मविश्वास बढाएको थियो ।

त्यति मात्र होइन बुबाले नै उनलाई नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा भर्ना गराइदिए । जसले गर्दा बिना कुनै डर उनले सपनालाई उडान दिए ।

नसिरुद्दीन शाह र ओम पुरीसँग तुलना

धेरैले हिन्दी सिनेमामा पंकज कपुर, नसिरुद्दीन शाह र ओम पुरीलाई अभिनयका धनी मान्छन् । उनीहरू सबैले कमर्सियल सिनेमाका साथसाथै आर्ट सिनेमामा पनि आफ्नो छाप उत्तिकै छाडेका छन् ।

तर नसिरुद्दीन शाह र ओम पुरीलाई फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया इन्स्टिच्युट (एफटीआईआई) मा भर्ना मिल्दा पंकज कपुरलाई मिलेको थिएन ।

त्यसमा पंकज कपुर कुनै गुनासो मान्दैनन् । बरु एनएसडीमा पढ्ने मौका मिलेकोमा आफूलाई भाग्यमानी मान्छन् । कारण, त्यहाँ मिलेको तालिमले आफ्नो सपना ‘हिरो’ बन्न धेरै सहयोग पुगेको उनको भनाइ छ । एनएसडीमा भर्ना हुँदा उनी जम्मा १९ वर्षका थिए ।

टिभी र सिनेमाको दुनियाँ

‘मक़बूल’, ‘मटरूकी बिजलीका मनडोला’, ‘एक डाक्टरकी मौत’ जस्ता उनका केही चर्चित फिल्महरू हुन् । यी फिल्महरूमार्फत नै उनले आफ्नो अभिनयलाई चिनाएका थिए ।

कुनै पनि फिल्म गर्दा आफ्नै शर्तहरूका आधारमा मात्र गर्ने उनको भनाइ छ । यदि ति शर्त नमान्ने निर्माता छन् भने उनीहरूको फिल्ममा काम नै नगर्ने उनी सुनाउँछन् । अनि आफ्नो यही बानीका कारण धेरै मानिसहरू रिसाउनुका साथै कामहरू पनि छुटेको उनी बताउँछन् ।

यस्तोमा आफ्नो सफलताको श्रेय उनी टेलिभिजनको दुनियाँलाई दिन्छन् । किनकि थिएटर पृष्ठभूमिबाट आएका उनी जस्ता कलाकारहरूलाई मूलधारको सिनेमामा धेरै मौका मिल्दैनथ्यो ।

त्यसको विकल्पमा टेलिभिजन शोहरू हुन्थे । अनि त्यहाँ कुनै भूमिका पाउँदा उनीहरूले दिलोज्यानले काम गर्थे । अफिस अफिस, मोहनदास बीए एलएलबी जस्ता केही चर्चित टिभी शो हुन् ।

यसरी एउटा फिल्मका कारण हुँदाहुँदैको जागिर छाड्नु परेता पनि उनले आफ्नो सपना भने पूरा गरिछाडे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?