+
+
Shares

अजरबैजानबाट आएका भारतीय नागरिकको साथमा भेटियो ३ किलो कोकिन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ३ किलो ४०० ग्राम कोकिनसहित भारतीय नागरिक अब्दुस समद जमल मन्सुरीलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
  • ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए अनुसार, कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट आएका उनलाई यात्रुको ‘क्रिमिनल प्रोफाइलिङ’ क्रममा पार्किङ क्षेत्रमा नियन्त्रणमा लिइएको हो।

२७ असार, काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३ किलो ४०० ग्राम लागुऔषध कोकिनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुस समद जमल मन्सुरी छन् ।

कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट दुई दिनअघि काठमाडौं आएका मुम्बई ठेगाना भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको पार्किंङ क्षेत्रबाट नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

उनका अनुसार, ब्युरो अन्तर्गत विमानस्थलमा खटिएको टोलीले यात्रुको ‘क्रिमिनल प्रोफाइलिङ’ क्रममा उनीमाथि शंका गरिएको थियो । त्यसक्रममा पार्किङमा जाँच गर्दा उनले बोकेर ल्याएको झोलाभित्र कोकिन बरामद भएको कोइरालाले बताए ।

उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय थाइल्यान्डबाट समेत हाइब्रिड गाँजा र कोकिन काठमाडौं आउने गरेको छ । हवाई मार्गबाट आउने यी लागुऔषधको अन्तिम गन्तव्य भारतीय शहरहरू हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?