
२७ असार, काठमाडौं । टिकटकमा ‘ड्राइभर रेशम’ले परिचित रेशम राज पौडेल थुनामा गएका छन् ।
जिल्ला अदालत काठमाडौंले ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । तर, उनी धरौटी नबुझाएपछि कारागार चलान भएको प्रहरी स्रोतले बताएको छ ।
बाग्लुङको निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय पौडेललाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले नेपालगञ्जको रुपैंडियाबाट पक्राउ गरिएको थियो ।
साइबर कसुरको अपराधमा काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थप भएको थियो ।
उनीविरुद्ध विभिन्न व्यक्ति तथा संस्थालक्षित तथ्यहिन सामाग्री प्रसार गर्दै भ्रम फैलाएको आरोप थियो ।
‘उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि अर्को मुद्दामा १० महिना कैद सजाय भएको रहेछ,’ प्रहरी स्रोतले भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4