
२८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्ने कुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताएका छन् ।
भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिले देश चलाउने भएको कारणले देश बस्तो बनाउने भन्ने कुराको निर्धारण जनताले गर्नुपर्ने बताए ।
नागरिक देशको सर्वशक्तिमान हुनुपर्नेमा नेपालमा राजनीतिक दलहरू नै सर्वशक्तिमान भएको जिकिर उनले गरे ।
‘राजनीतिले देश चलाउने भएको कारणले देश कस्तो बनाउने भन्ने त्यहाँका नागरिकहरू सर्वशक्तिमान हुन्छन् । तर हाम्रोमा राजनीतिक दलहरू संगठित हुने कारणले गर्दा दलहरू बढी सर्वशक्तिमान भएको देखिन्छ । नागरिक शक्तिशाली हुनुपर्छ । लोकतन्त्रमा दलीय व्यवस्था र नागरिक शक्तिशाली हुनुपर्छ । नागरिकको सोचले दल ड्रिबन गर्नुपर्छ,’ महामन्त्री बुर्लाकोटीले भने ।
महामन्त्री बुर्लाकोटीले गणतन्त्र सकिने अवस्थामा नरहेको कारणले नै आफूहरू गणतन्त्रको पक्षमा आन्दोलनमा नआएको जिकिर गरे ।
प्रतिक्रिया 4