+
+
Shares

पर्खाल भत्किंदा हुम्लामा एक जना महिला घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ९:२०

२९ असार, हुम्ला । सिमकोट गाउँपालिका-५  मा खेतमा काम गरिहेको बेला पर्खाल भत्किंदा एक जना महिला घाइते भएकी छन् ।

खेतको पर्खाल भत्किंदा सिमकोट गाउँपालिका-५ मै बस्ने अन्दाजी २१ वर्षीय रूपमा रोकाया घाइते भएकी हुन् ।

खेतबारी काम गरिरहेको बेला पर्खाल भत्किंदा रुपमा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनको शरीरमा ढुङ्गा खसेपछि  ५० मिटर तल खेतमा खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाको डीएसपी शंकर पोखरेलले बताए ।

घाइते रोकायालाई नेपालगन्ज रिफर गरिएको डीएसपी पोखरेलले जानकारी दिए । उनको टाउकोमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?