+
+
Shares

भानु जयन्तीमा र्‍याली र सम्मान (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असार २९ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१२ औं भानु जयन्ती राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा र्‍यालीसहित विविध कार्यक्रम गरी मनाएको छ।
  • सभामुख देवराज घिमिरे, शिक्षा मन्त्री रघुजी पन्त र साहित्यकार डा. नवराज लम्साल कार्यक्रममा सहभागी थिए।
  • तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ।

२९ असार, काठमाडौं । २१२ औं भानु जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा र्‍यालीसहित कार्यक्रम गरेको छ । कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा मन्त्री रघुजी पन्त, साहित्यकार डा. नवराज लम्साल लगायत सहभागी थिए ।

कार्यक्रममा साहित्य तथा संस्कृतिविद तुलसी दिवसलाई अभिनन्दन गरिएको थियो ।

कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरु हुनुअघि विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्ड टोली समेतको सहभागितामा र्‍याली निकालिएको थियो । भानुभक्तको तस्वीरलाई बग्गीमा राखिएको थियो ।

भानुभक्तले रचना गरेका कृतिका पात्रहरुको पोशाकमा विद्यार्थीहरु सजिएका थिए । उनले नेपालीमा अनुवाद गरेको रामायणको कथाका पात्र रावण, राम–सीता, ऋषि अनि चर्चित घाँसी कविताको मुख्य पात्र घाँसीको रुपमा पनि विद्यार्थीहरु देखिन्थे । र्‍यालीमा सहभागीहरुले रामायणका फोटाहरु समेत बोकेका थिए ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि.सं. १९२५ असोजमा भएको थियो । भानुजयन्तीका अवसरमा सोमबार तनहुँको भानु नगरपालिकाले सार्बजनिक विदा दिएको छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

    

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?