+
+
Shares

निक्की र गोवा चेम्बरबीच सम्झौता, लगानी र आर्थिक सहकार्य प्रवर्द्धन गर्ने

समझदारीको उद्देश्य व्यापार, लगानी, उद्योग र पर्यटनका क्षेत्रमा निक्की र गोवा चेम्बरबीच आपसी समझदारी, जानकारी आदानप्रदान र व्यवसायिक सम्पर्क विस्तार गरी सहकार्य सुदृढ गर्नु समझदारीपत्रमा हस्ताक्षरपछि निक्कीका अध्यक्ष सुनील केसीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते २१:२४

२९ असार, काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र गोवा उद्योग वाणिज्य संघ (जीसीसीआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको गोवा राज्य र नेपालबीच आपसी व्यापार, सीमा पार लगानी र आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र गरिएको निक्कीले जनाएको छ ।

शुक्रवार निक्की अध्यक्ष केसी र गोवा चेम्बर अध्यक्ष प्रतिमा धोण्डले सहझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दुई संघबीच आर्थिक प्रवृत्ति, लगानी परिवेश, सरकारी नीति, क्षेत्रीय अवसरहरू र विविध जानकारीहरू आदानप्रदान गर्न यस सहकार्यले सहयोग पुग्ने समझदारीपत्रमा उल्लेख छ ।

समझदारीको उद्देश्य व्यापार, लगानी, उद्योग र पर्यटनका क्षेत्रमा निक्की र गोवा चेम्बरबीच आपसी समझदारी, जानकारी आदानप्रदान र व्यवसायिक सम्पर्क विस्तार गरी सहकार्य सुदृढ गर्नु समझदारीपत्रमा हस्ताक्षरपछि निक्कीका अध्यक्ष सुनील केसीले बताए ।

भारतको पश्चिमी तटीय राज्य गोवा अरबी समुद्रसँग जोडिएको छ र पर्यटनका लागि प्रसिद्ध छ । त्यसैले गोवा चेम्बरसँगको सहकार्यले नेपालको हिमाली आकर्षण र गोवाको तटीय र सांस्कृतिक सम्पदालाई प्रयोग गरी धार्मिक, सांस्कृतिक, साहसिक र अध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

यस समझदारीले दुवै क्षेत्रका उद्यमीहरूलाई साझेदारी, लगानी परियोजना र प्रविधि स्थानान्तरणमा सम्भावनाहरू खोज्न सहयोग गर्ने गोवा चेम्बरकी अध्यक्ष धोण्डले बताइन् ।

गोवा चेम्बर सन् १९०८ मा स्थापना भएको भारतकै पुरानो र प्रतिष्ठित क्षेत्रीय व्यवसायिक संघमध्ये एक हो । गोवा सन् १९६१ सम्म पोर्चुगलको उपनिवेश रहेकाले यहाँ १७औं शताब्दीका चर्चहरू र मसला खेतीहरू अझै पनि संरक्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?