+
+
Shares

संसद्‍मा सभामुखको भूमिकामाथि प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १४:०५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सभामुख देवराज घिमिरेले सदनको अवरोधलाई ख्याल नगरी सदन चलाएको भन्दै प्रश्न उठाएका छन्।
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्‍का दुई महत्त्वपूर्ण दलले बहिष्कार गर्दा पनि सदन चलाउने शैलीलाई संसदीय इतिहासमा कालो समय भनेका छन्।

० असार, काठमाडौं । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुखले सदनको अवरोधलाई ख्याल नगरेर सदन चलाएको भनेर प्रश्न उठाएका हुन् ।

रास्वपा र राप्रपाले विगत ४७ दिनदेखि प्रतिनिधिसभाको काम कारबाहीमा भाग लिएका छैनन् । प्रत्येक दिन सदन सुरु भएपछि उठेर विरोध गर्ने र सभामुखले समय दिए आफ्ना कुरा राखेर दुवै दलका सांसदहरू सभाकक्षबाट बाहिरिने गरेका छन् ।

विपक्षी दलहरूको यस्तो शैलीलाई सभामुखले सामान्य रूपमा लिएको भनेर उनीहरूले नै सभामुख घिमिरेमाथि प्रश्न उठाएका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संसद्का दुई महत्त्वपूर्ण दलले बहिष्कार गर्दा पनि सदन चलाउने शैली कस्तो हो भनेर प्रश्न गरे ।

‘सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु, यो संसदीय इतिहासमा कालो समय हो,’ उनले भने, ‘संसद्का दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले कुरा उठाइराख्दा जबरजस्त संसद् चलाउने प्रयास भइराखेको छ ।’

यो सरकारको अकर्मण्यता मात्रै नभएको उनको आरोप छ । ‘यो केवल सरकारको अकर्मण्यता मात्रै होइन, सभामुख महोदय तपाईंको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रूपमा पनि यो उल्लेख रहने छ ।’

सभामुखले सदनको अवरोध खुलाउन पहल लिनुपर्ने उनको आग्रह छ । ‘सभामुखले पहल गर्नुपर्‍यो, प्रयास गर्नुपर्‍यो । छलफल गर्नुपर्‍यो । प्रतिपक्ष दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्‍यो,’ सभामुख घिमिरेलाई अध्यक्ष लिङ्देनको सुझाव छ ।

रास्वपाका सांसद अशोककुमार चौधरी संसदीय अभ्यासमा सभामा एक जना उभिए पनि अवरोध मानिने मान्यता रहेको बताउँछन् ।

तर, नेपालमा प्रमुख दुई दलले नै बहिष्कार गर्दा समेत सदन चलाउने अभ्यास भएको भनेर उनले यसमा सभामुखको भूमिकामाथि प्रश्न उठाए ।

यो विषय विगतमा गृहमन्त्री रमेश लेखकले निकै वकालत गरेको पनि उनले स्मरण गरे । फेरि पनि सुधारका लागि सभामुखले पहल लिनुपर्ने उनको आग्रह छ ।

‘यहाँ ४७ दिनदेखि प्रतिपक्ष उभिँदा समेत सरकारले देखिरहेको छैन । सम्माननीय सभामुखज्यूले पनि सदन सुचारु गरिाख्नुभएको छ,’ चौधरीले भने, ‘यो संसदीय मूल्य मान्यता विपरीत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?