News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डलाई उज्बेकिस्तानमा भएको महिला एसियन कप छनोटका क्रममा भएको घटनाको विवरण माग गर्दै पत्र पठाएको छ।
- एन्फा प्रवक्ता सुरेश शाहले भने, 'महिला एसियन कप छनोटका क्रममा के भएको हो? वास्तविकता के हो? त्यस विषयमा जानकारी माग गर्दै पत्र एन्फा सचिवालयले पठाएको हो।'
- प्रशिक्षक वाइल्डको सम्झौता एक वर्ष रहेकोले उनले जवाफ पठाएपछि सम्झौताको विषयमा के निर्णय लिने भन्ने थाहा हुने एन्फा प्रवक्ता शाहले बताए।
३० असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डलाई उज्बेकिस्तानमा भएको महिला एसियन कप छनोटका क्रममा भएको घटनाको जानकारी माग गर्दै पत्र पठाएको छ ।
एन्फाले मुख्य प्रशिक्षक वाइल्डलाई पत्राचार गर्दै छनोटका क्रममा भएको घटनाको विवरण माग गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
‘महिला एसियन कप छनोटका क्रममा के भएको हो? वास्तविकता के हो? त्यस विषयमा जानकारी माग गर्दै पत्र एन्फा सचिवालयले पठाएको हो’ शाहले भने । पत्र पठाएपनि त्यसको जवाफ भने आइ नसकेको शाहले जानकारी दिए ।
महिला एसियन कप छनोटमा नेपाली टोलीको कप्तान चयन विवाद देखि मुख्य प्रशिक्षकले दिएको अन्तर्वार्तासम्मले नेपाली फुटबलमा तरंग ल्याएको थियो ।
नेपाली महिला टोली उत्कृष्ट प्रदर्शन गर्दागर्दै उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि एसियन कप छनोट हुन सकेन । तर मैदानको प्रदर्शन र आगामी दिनको योजना बनाउने भन्दा मैदान बाहिरको विवादले खेलाडीको प्रदर्शन यात्रा परेको थियो ।
यही विवादको विषयमा प्रशिक्षक वाइल्डले दिएको अन्तर्रवार्ता र उज्बिसक्तान गएका नेपाली टिमका हेड अफ डेलेगेट्स, टिम म्यानेजर, सहायक प्रशिक्षक लगायतले नेपाल फर्केर पत्रकार समम्लन नै गर्दै प्रशिक्षक नै दोषी भनेपछि यो विषय छताछुल्ल भएको थियो ।
‘उज्बेकिस्तान भएको घटनाक्रम र मिडियामा आएका विषयहरुको बारेमा जानकारी गराउनु भनेर पत्र पठाएको हो’ एन्फा प्रवक्ता शाहले भने ।
शाहले वाइल्डको सम्झौता एक वर्ष रहेकोले उनले जवाफ पठाएपछि सम्झौताको विषयमा के निर्णय लिने भन्ने थाहा हुने बताए ।
प्रतिक्रिया 4